Articles

मधेशमा माछा मार्ने हो! सुनकोबाला बाघ बाँड्दैछ : राजेन्द्र प्रसाइे
July 26, 2010, 9:34 pm

तराइे भनौं या मधेश-नेपालको दछिणी पाटो हो जुन छिमेकी ठुल्दाइको ठूलो चिन्ता र चासो बनेको माटोको रुपमा रहँदै आएको देखिन्छ । मधेश भित्रको आत्मकथा नपढी कतिले आफूलाइे जन्मजात भारत बिरोधी र वामपन्थी बनाए। कतिले यहाँका घाँममा डढेर काम गर्ने पसीना पौरखीहरुलाइे  कदर गर्नुको साँटो सब् धान बाइेस् पसेरीको मूल्यमा मापन गरे ।

कालो छाला देख्नेसाथ काठमान्डौका कति कूप मन्डूपहरुले "ए मर्स्या "को शब्द सम्बोधनद्वारा बिदेशी बिम्बको अभिब्यक्ती छ्यापी पराइेपरक बन्न वाध्य पार्दै आए । प्रचन्ड गर्मीमा पटुवा गोड्दा होस् या धान खेतीकोलागि हिलो काँधो गर्दा होस् पातलो सेतो बस्रको धरो अंग ढाक्नलाइे घूँडा सम्म लाउँदा यी नेपाली धर्तीपूत्रहरुलाइे कूपमन्डी "टोपिबाद"ले "धोतीबाद" भित्र देख्यो । कहीले बर्षा बाढीले यी पसीना पौरखीहरुको घर खेत काट्ने गर्छ त कहीले छेउमै बगेको नदीको पानी सिचाईे बिना यिनैको रोपे नरोपेको सबै खेत धाँजा फाड्छ।

 

भोको पेट भर्न र जीबन गुजाराकालागि अर्काको हरुवा चरुवामा समेत जीबन बिताउँन वाध्य यी पौरखीहरुले न सिचाइेकोलागि अटूट पानी पाए न घर बास बगाउँने बाढी नियन्त्रणकालागि खोला नाला र नदीहरुमा पर्याप्त तटबन्द। आफ्नै वरिपरीकाहरुलाइे भोट हालेर वडा अध्यक्ष देखि जिल्ला सभापती हुँदै मन्त्री माननीयहरु बनाउँदै सर्बोच्च न्यायिक अदालतको प्रधान न्यायाधीश समेत बनाउँदा पनि आफ्नो किसानी समस्या जस्ताको तस्तै बोकीरहे । चाकरीको जालोले राजतन्त्रको आखाँ छोपेको बेला स्वागतकालागि हेटौंडा र बीरगन्जमा समेत पाँच लाख देखि दश लाख सम्मखर्चिएका राज-स्वागतद्वारबन्ने पैसो यिनिहरुको पानी पैनीमा पुग्न सकेन। भाउ पर्खिएर आफ्नो उत्पादन बिक्री गर्न नत यिनीहरुका लागि पर्याप्त अन्नभन्डार-गृहको ब्यबस्था छ,न त फलफूल न सड्ने शीतभन्डारहरुको पर्याप्तता। यसरी कष्टकर बिगत बोकेर सुनौलो बिहानी खोज्दो मधेशले आँफै भित्रबाट धेरै टाठा बाठाहरुलाइे सर्बोच्च सत्ताचुलीमा बोकेर पुर्यायो । धेरैले,पालै पालो सत्तासुन्दरीको भोग गरे तर तल्लो बर्गका पहुँच नभएकाहरु,जातिबादबाट उत्पीडितहरु,दाईजो तथा तिलकप्रथाले ग्रस्तगरीब छोरी-बुहारीहरु समेतकालागि ठोस नीति निर्माण र कार्यान्वनमा ठोस् योगदान दिन सकेन ।

 

राजतन्त्रले कोल्टे फेरेको यो लोकतन्त्रको शैशवकालमा समेत एकमधेशको महायात्रामा मार्चपास गर्ने मधेशले मुलुकको सर्बोच्च पद उपयोग गरेकै छ । गरीबी र बिभेद्कारी नीति स्थायी शान्तीकालागि बाधक हुन् भन्ने तथ्य जगजाहेर भएको यो बेला मुलुकका मह्त्वपूर्ण पद र हैसियतमा रहदाँ पनि गरीबीको मार,बन्दूकको भय र बाढी-पैर्होको प्रकोपको बेला ठोस् कार्यक्रम र नीति अगाडी सारी तराइे-मधेशलाइे मात्र होइन मुलुकको सम्पूर्णतालाइे  अग्रगति दिइेनु पर्छ । सिङगै मुलुकले मानेको बेला साम्प्रदायिकता तथा क्षेत्रीयता बादको कुरामा आफूलाइे खुम्च्याउँनेकुरा अग्रपन्तिकाले शोचेर समय लाइे बर्बाद गरिनु हुन्न ।

पुरातन देखि आज सम्मको मानव इेतिहासले जातिबाद र धार्मिक साम्प्रदायिक नारामा समुन्नति गरेको र बिकासको फड्को मारेको कुरा कहिल्यै कहेको छैन। बरु,आफ्नै जाति,नाता र परिवार भित्रबाट हुने अन्यायको बिरोधमा समेत आफू-आफूमा लडाँइे,मार काट भएको एैतिहासिक्ता हामीमा छ । यादब कुलका अर्थात् यदुवंशी कृष्णले आफ्नै अन्यायी मामा कंस मार्छन् । आफ्नै दाजुभाइे बालि र सुग्रीब बन्धू हत्यामा आफूलाइे प्रयोग गर्छन् । रावणलाइे आफ्नै भाइ बिभीषणले मार्न लगाँउछन् । कौरव र पान्डबको कुरुक्षेत्रको युध्द र कुलकोबिनास,भाइ-भाइका बीचमा भएको सङ्ग्रामबाट भएको हो । यसैले ठुलो माछाले सानो माछा खाने मत्स्य न्यायको बिरोधमा मानव सम्वेदनामा सम्वेदनशील हुने आजको मानव विश्वले मानवअधिकारको खबर्दारी गरेको यो बेला जातिवादका घोडा चढेर साना माछामार्न पल्केका ठूला माछाहरुले माछा माछा एक हौं,हाम्रो एक पोखरी एक टोकरीको भ्रम छरेर सबैले विश्वस्त हुने यो युग होइन। मधेशमा माछामार्दा प्रयुक्त टोकरी अर्थात माछामारेर हाल्ने बिशेषप्रकारको बाँसको ढडियाबाट छिरेर उम्किएर बाँचेको सानो चंखे माछाले अरुलाइेसमेत टोकरीको बारेमा सचेत गराइे सकेको छ ।

 

त्यस्तै गाउँ खाने कथाका नरभक्षी बाघले ओडारबाट बाहीरआइे बाटो हिंड्ने  बटुवाहरुलाइे- म आजकाल बूढो भएँ,मासु खानै छाडिसकेँ, कसैलाइे मार्दिन,म संग सुनको बाला छ ,मेरा नजिक आउ र लिएर जाउ भन्दा बटुवाहरुले सहजै विश्वाश गरिहाल्दैनन्। किन कि बटुवा सँग नरभक्षी बाघले मासु खान छोडेको प्रमाण अझै छैन।

 

यो बाघले सुनको बाला बाँड्ने कथाको मीठो कुरा संबिधान बनाउँन गएका हाम्रा अग्रपंक्तिका अगुवाहरुले प्रधानमन्त्री पदकालागि प्रयोग गरेर आपसमा सम्मीलन भएर आपसमा आलिङन गरे भने "हारेका" माधव नेपाल त पदबाट अबश्य जालान् नै तर नयाँ प्रधानमन्त्री सँगै आउँने दिनहरु चैं कस्ता  आउँलान् चनाखो नभै हुँदैन! अस्तु !            

Bookmark

Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More