Articles

प्रसङ्गवस् फेरी एएनए सम्मेलन: गोबिन्दिसंह रावत टोरोन्टा
July 26, 2010, 9:40 pm

एएनए अर्थात अखिल नेपाली अमेरिकन संघले आपके चाहन्छन् त सहभागिहरुएएनए सम्मेलन उत्तर अमेरिकामा बसोबास गर्ने नेपालीहरुको लागि दशै सरहको चानो २८ औं सम्मेलन भब्यताकासाथ मनाएको समाचारलाई देशपारीय छापाका अनि विद्युतीय पत्रपत्रिका मनग्य लेखेर छाप्यो । कतै राम्रो त कतै नराम्रो कुरा पनि लेखियो । पत्रकारको काम भनेको सही मूल्याङ्कन गरेर त्यसलाई पाठक समक्ष प्रस्तुत गर्नु हो । यस पटकको सम्मेलनमा व्यवस्थापन एकदमै फितलो देखिएको थियो । स्वयम्सेवकको अनिकाल लागे जस्तो थियो भने धेरै कार्यक्रमहरुमा उपस्थिति गौण देखिएको थियो । कुनै कार्यक्रम समयमा शुरुभएर समयमा नै समाप्त हुन सकेन । कार्यक्रमको नाम दिईएको थियो । कोठा निर्धारण गरिएको थियो ।

तर त्यस कार्यक्रमका लागि बोस्टोनबाट कुनै स्वयम्सेवक निर्धारण नगरिदिनाले बाहिरबाट आएको कार्यक्रम संचालक आफै सबै काममा दौडिनु परेको देखिन्थ्यो । यस पटकको सम्मेलनमा कतिजना आए भन्नेमा आयोजकहरु ऋडकलबाजिमा नै निर्भर छन् । रजिस्ट्रेसनको व्यवस्था एकातिर थियो भने सम्मेलनका अधिकांश कार्यक्रमहरु अर्कोतिर भएकोले सहभागिहरु सोझै होटलमा आएर कार्यक्रममा भाग लिने गरेको देखियो । रजिस्ट्रेसन गर्नेले गरे नगर्नेले गरेनन् । रजिस्ट्रेसनका लागि कुनै अनिवार्यता देखिएको थिएन । त्यसैले रजिस्ट्रेसन गरेकाहरुको संख्याको बराबरीमा नै सकभागीहरुको उपस्थिति रहेको अनुमान गर्न सकिन्छ । व्यवस्थापनको अर्को कमजोर पक्ष भनेको आर्थिक अनियन्त्रण देखिएको थियो । धेरैले समयमा पैसा नपाएको गुनासाहरु गरिएको सुनियो र देखियो पनि । यो लेखक सम्मेलनको अन्तिम दिन होटलको लबीमा केही कलाकार सहीतका महानुभावहरुसंगै मनोज पनि खै दाई विहान सात बजेको प्लेनमा जानु पर्ने दस बजिसक्यो पैसानै दिएका छैनन् । उ बैनी पनि कुरी रहेकी छिन् भन्दै गरको पनि सुनियो ।

स्मारिका छापेको पैसा यो हरप लेखुञ्जेल पाइएको थिएन भने चेक पाएकाहरु चेकनै बाउन्स भएर बैकमा उल्टै पेनाल्टी तिर्नु परेको गुनासाहरु पनि सुनियो । नेपालबाट गायिका अञ्जु पन्त बाहेका कुनै नाम चलेका कलाकारहरुको सहभागिता देखिएन । सस्तो कलाकार ल्याएकोले कार्यक्रम पनि त्यति सफल भएन भने दर्शक सहभागिता पनि धेरैनै कम देखिएको थियो । त्यसको सट्टामा बरु अमेरिकामा नै रहेका कलाकारहरुलाई प्रयोग गरिएको भए सस्तोमा राम्रो कार्यक्रम हर्ेर्ने मौका दर्शकले पाउने थिए । नेपालबाट आएका कलाकारहरुलाई पैसा पनि बढीनै दिएको गाईगर्ुइ पनि सुनिएको थियो । नेपालबाट आएका कलाकार भन्दा राम्रो कार्यक्रम स्थानीय कलाकारहरुले दिएको र त्यसमा पनि प्रेमराजा र रामप्रसाद खनालसंगै स्थानीय कलाकारहरुको लोक दोहोरीले सबै भन्दा वाहवाही पाएको थियो ।सुन्नमा आए अनुसार व्यवस्थापनले स्थानीय पत्रकारलाई पनि पैसा बाडे रे । गर्नु पर्ने पत्रकार सम्मेलन भने गर्दै गरेनन् । यसलाई पनि व्यवस्थापन कै त्रुटी मान्नु पर्छ । कुनै पनि कार्यक्रमको आयोजना गर्दा भूलचूक त हुनैनै गर्छ । तर अव्यवस्थित चाहीं हुनु हु

दैन ।

अर्को सम्मेलन कोलोराडोमा हुने भएकोले सम्भवतः त्यहा
" यो कमजारीहरु नदेखिएला । "ड बन्दै गई रहेको छ । यसले जनाधार दिनप्रतिदिन बढाउदै गएको छ । यसमा भाग लिन नेपालीहरु परिवार सहीत आउने गर्छन । अझ आप\mना आमाबुवा वा आफन्त नेपालबाट भ्रमणमा आएका छन भने उनीहरुलाई पनि त्यसको सहभागि बनाउने गर्छन् । यो सममेलनलाई नेपालीहरुको कुम्भ पनि भनिन्छ ।

यहा
" स्कूल र क्याम्पसदेखि हर्राईरहेको मित्र पनि भेटिन्छन् भने क्याम्पस वा टोलमा मन पराएका प्रियजनलाई नया" जीवनसाथीसंग ससपरिवार पनि देख्न पाइन्छ । अझ नेपालबाट नेपाली कलाकारहरुको आगमनले मनोरञ्जनमा नया" आयाम थप्ने गर्छ । यो सम्मेलन छुटाउने र जा"दै नजानेहरु पनि छन् । यदी कोही नेपालीहरुको कुनै प्रान्तमा रहेको संस्थाको पदाधिकारीमा आफुलाई दर्ता गर्न चाहन्छ भने उसलाई एएनए सम्मेलनको अनुभवले धेरै कुराको जानकारी दिन सक्छ । तर एएनएको सम्मेलन विगत २८ वर्षेखि संचालन हु"दै आए पनि उपस्थित सबैलाई समेटेर एकै थलोमा भेला गराउने काम भने अझसम्म राम्ररी गर्न सकेको छैन । सम्मेलनमा आउनु भनेको मेला भर्न आउनु सरह हो र सम्मेलनका यावत मनोरञ्जनात्कम कार्यक्रममा सबैको सहभागि हुनु अनिवार्य पनि हुन्छ । कुनै यस्तो कार्यक्रम होस जसले मनोरञ्जनसंगै देशपारीय नेपालीहरुको दायित्वबोध गराउने खालको वहस चलोस र जसमा प्रायः सबै सहभागिहरुको उपस्थिति रहोस र त्यसका लागि कुनै शुल्क नराखियोस । त्यसले नेपालीहरु सहभागितालाई अनिवाइ बनाई दिन्छ । साथै सुलभ र सरल तर अनिवार्य रजिष्ट्रेसनको व्यवस्था होस । खेलकूद तथा अन्य प्रतिष्पर्धात्मकको निर्ण्ाायक खेलको मात्रै आयोजना गराएर दर्शक सहभागिता बढाउन सकिन्थ्यो । हुन त भन्नु र गर्नुमा धेरै भिन्नता हुने गर्छ । त्यति हु"दाहु"दै पनि एएनए सम्मेलनको व्यवस्थित आयोजना गर्न यसका लागि कुशल व्यवस्थापनको खा"चो पर्छ । यसमा आयोजना गरिने शहरका नेपालीहरुको प्रतिबद्धता र सहयोग चाहिन्छ भने आयोजकमा कुशल व्यवस्थापनको क्षमता चाहिन्छ ।

Bookmark

Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More