|
|
Nepali News
- अब दालचामलको आन्दोलनको तयारी राजधानीमा
- March 13, 2011, 7:04 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौं, फाल्गुन ३० बढ्दो महंगीले उपत्याकाको सर्वसाधारण जीवनयापन मात्र नभई देशैभरको जनजीवन कष्टकर बन्दै गइरहेको छ । नयाँ सरकारको उपहार सबैलाई महंगी नै हुने गरेको छ । यता द्दरजग्गा र सम्पतिीको नाममा एक टुक्रो जमीन नहुने भूमिहीनहरुरको पीडा त्यस्तै छ । भूमीहीनको नाममा भूमाफीहरुको विगबिगी पनि कायमै छ । अब भूमीहीन किसानहरुले राजधानी केन्द्रित ससक्त रुपमा अहान्दोलन गर्न संगठित हुने जनाएका छन् ।४० जना भूमिहीन किसानहरु आइतबार राजधानी केन्द्रित आन्दोलनका लागि राजधानी काठमाडौं हिडेका छन् ।राष्ट्रिय भूमिअधिकार मञ्चले चैत १ गतेदेखि राजधानीमा ुनिर्णायक आन्दोलनु गर्ने भएको छ। सोही आन्दोलनमा सहभागी हुनका लागि उनीहरु राजधानी हिडेका हुन्। राष्ट्रिय...
- Last updated on March 13, 2011, 7:04 pm
- more
- सन् २०१२ अन्तर्राष्ट्रिय शान्ति महोत्सव नेपालमा
- March 13, 2011, 6:52 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौं, फाल्गुन ३० शान्ति क्षेत्र घोषणा भएको नेपालमा सन् २०१२ मा अन्तर्राष्ट्रिय शान्ति महोत्सव गर्न दक्षिण एसियाली शान्ति सम्मेलनमा नेपालको तर्फबाट प्रस्ताव गरिएको छ । शान्ति र मित्रता उद्देश्य लिएर नेपाल पिस एण्ड सोरिडालिटी काउन्सिलको आयोजनामा शनिवारदेखि सुरु भएको दुई दिने उत्त सम्मेलन आइतवार सकिएको छ । सम्मेलनमा नेपाल, भारत, बंगालादेश, चीन, श्रीलंका, भुटान र ग्रिसका ५५ जना सहभागीत रहेको थियो ।ुसम्मेलनमा नेपालको तर्फबाट हामीले सन् २०१२ मा नेपालमा अन्तराष्ट्रिय शान्ति महोत्सव गर्ने प्रस्ताव राखेका छौु नेपालको तर्फबाट सहभागी रविन्द्र अधिकारीले भने सम्मेलनमा नेपालको शान्ति प्रक्रिया सविधान निर्माण र चुनौतीका बारेमा पूर्व गृहमन्त्री...
- Last updated on March 13, 2011, 6:52 pm
- more
- महिला मैत्री:सार्वजनिक यातायात
- March 13, 2011, 5:01 am, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, फाल्गुन २९ सरकारले सार्वजनिक सवारी साधनलार्इ महिला मैत्री बनाउने निर्णय गरेको छ । लैङ्गकि हिंसा नियन्त्रण गर्न सार्वजनिक यात्रुवाहक यातायात आचार संहिता लागु गर्ने श्रम तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। सवारी साधनमा यात्रा गर्दा महिला मैत्री वातावरण बनाउने उदेश्यले तीन दिन अघि आचार संहिता पारित गरेको मन्त्रालयले बताएको छ।मन्त्रालयको तथ्याङ्क अनुसार नेपालभर दैनिक करीब ५० हजार सार्वजनिक सवारी साधन संचालन भइरहेका छन् भने १० लाख मानिसहरु यात्रा गरिरहेका छन् ।यसरी यात्रा गर्दा सार्वजनिक यातायातमा लैङ्गिक हिंसाका घटना हुने गरेकाले मन्त्रालयले लैगिंक हिंसा बिरुद्धको आचार संहिता कडाइका साथ लागु गर्ने मन्त्रालयका उप सचिब...
- Last updated on March 13, 2011, 5:01 am
- more
- फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- March 13, 2011, 4:54 am, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, फाल्गुन २९ नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि गरेको छ । आइतबारदेखि लागु हुनेगरी पेट्रोलमा प्रति लिटर ९ रुपैयाँ बढाएर ९७ रुपैयाँ पुर्याएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ बढाइएको छ । अन्तर्राष्ट्रिय हवाई ईन्धनमा अहिले कायम ९ सय ४५ डलर प्रति हजार लिटरमा १ सय ३० डलर बढाएर १ हजार ७५ पुर्याएको छ । निगमले डिजल र मट्टतिेलको मूल्य भने बढाएको छैन । डिजेलमा प्रति लिटर १४ रुपैयाँ २७ पैसा घाटा रहेको निगमले जनाएको छ । पेट्रोलमा मूल्यवृद्धिपछि पनि प्रति लिटर ९ पैसा घाटा रहेको निगमले जनाएको छ ।
- Last updated on March 13, 2011, 4:54 am
- more
- सहिद गंगालालको पत्नीको निधन: प्रमद्वारा श्रद्धाञ्जलि
- March 13, 2011, 4:49 am, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, फाल्गुन २९ सहिद गंगालाल श्रेष्ठकी धर्मपत्नी हसिनादेवी श्रेष्ठको ९३ वर्षको उमेरमा गएराति निधन भएको छ । शहीदपत्नी हसनादेवीको म त्युको खबरबाट आफू स्तब्ध भएको प्रधानमन्त्री झलनाथ खनालले बताएका छन्। श्रेष्ठलाई आम नेपाली महिलाहरुका लागि समेत प्रेरक ऐतिहासिक पात्रु का रुपमा स्मरण गर्दै प्रधानमन्त्रीले शोकसन्तप्त परिवारजनहरुमा गहिरो समवेदना व्यक्त गरेका छन्। प्रधानमनत्री खनालले आजै स्वर्गीग हसनादेवीको पार्थिक शरीरमा अन्तिम श्रद्धान्जली व्यक्त गरेका छन्
...
- Last updated on March 13, 2011, 4:49 am
- more
- धरान आगोलागीको चपेटामा, लाखौंको क्षति
- March 13, 2011, 4:37 am, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, फाल्गुन २९ धरानमा भीषण आगलागी भएको छ । धरान-५ महेन्द्रपथ स्थित एक पाँचतले घरमा आइतबार विहानै आगलागी हुँदा करिव एक करोड रुपैयाँ बराबरको धनमालको क्षति भएको स्थानीय स्रोतले बताएको छ । आगलागिबाट विष्णु नारायण पालिखेको घर र सो घरमा रहेका ८ वटा पसल पूर्ण रुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । आफ्नो घरमा अचानक आगलागी भए पछि धनमाल जोगाउने क्रममा घरधनी इन्दिरा पलिखे घाइते भएकी थिइन् । एक दिन अगाडि मात्र जोडेको नया इन्भर्टरबाट विद्युत सर्ट भएर घरमा विहान पौने ३ बजे आगलागी भएको हो । इन्भर्टरको अटोकट सिस्टमले काम नगर्दा आगलागी भएको घरधनी पलिखेले बताएका छन् । आगलागी भए लगतै भान्सा कोठामा राखेको सिलिण्डर पनि पड्कीए पछि आगो नियन्त्रण बाहिर गएको थियो ।...
- Last updated on March 13, 2011, 4:37 am
- more
- नेपाल वानमा कार्यरत पत्रकार कर्ण सम्पर्कविहीन
- March 12, 2011, 6:26 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फागुन २९ नेपाल वान टेलिभिजनका कार्यरत समाचार प्रमुख धर्मेन्द्र कर्ण सम्पर्कविहिन भएका छन्। कार्यालय जान भनी हिँडे पनि कार्यालय नपुगेको र परिवार, साथीधाइसँग समेत सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ। कर्ण नेपाल पत्रकार महासंघ ललितपुर शाखाका केन्द्रीय सदस्यसमेत छन्। उनी ललितपुर च्यासलस्थित निवासबाट शुक्रबार विहान १० बजे कार्यालय जान्छु भनी हिँडेका थिए।
- Last updated on March 12, 2011, 6:26 pm
- more
- नेपाली कमदारद्वारा मलेसियामा हडताल
- March 12, 2011, 6:18 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौं, फाल्गुन २९ मलेसियाको मुहारस्थित एक फर्नीचर कम्पनीमा कार्यरत नेपालीहरुले काम बहिष्कार गर्दै हड्ताल गरेका छन् । सम्झौताअनुरुप तलब तथा सेवा सुविधा नदिएको भन्दै मगलबारदेखि काम बहिस्कार गरेका हुन् । यहाँस्थित जियांङ्ग यी इन्टरटरप्राइजेज एसबी कम्पनीमा कार्यरत नेपालीहरुले पूर्वसम्झौता अनुरुप तलब नदिएको र पटक पटक सम्झौता पालना गर्न आग्रह गर्दा समेत कम्पनी पक्षले वेवास्ता गरेकाले काम बहिस्कार गरेका जनाएका छन् । रोजगारीका क्रममा युनाइटेड इन्टरनेशनल, डेल्टा इन्टरनेशनल, सिद्धार्थ ओभरसिज, अरुण ओभरसिज र डाइमण्ड ओभरसिजबाट सो कम्पनीमा आएका उनीहरुले आफ्ना माग पूरा नगरेसम्म काम बहिस्कार जारी राख्ने जनाएका छन् । सम्झौताअनुसार तलब तथा...
- Last updated on March 12, 2011, 6:18 pm
- more
- लोला हान्नेलार्इ प्रहरी कारवाही
- March 12, 2011, 6:12 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौं, फाल्गुन २९ होली पर्व शुरु नहुदै एक हप्तादेखि राजधानीमा लोला हान्ने प्रबृत्ति बढेर गएको छ । त्यसमा पनि अनुच्छुक व्यक्तिलार्इ जबरजस्ती लोला हान्ने परम्पराले होलीको नाममा बिसंगतीको बढवा गरिरहेको छ । यो बिसंगतीलार्इ रोक्न स्थानीय प्रशासनले यस वर्षको होलीमा जथाभावी लोला हान्नेलार्इ कडा कारवाही गनर्े नीति बनाएको छ । प्रहरीले अब लोला हान्ने र लोला बेच्ने दुबैलार्इ कडा निगरानी गनर्े जनाएको छ । उपत्यकाको तीन जिल्लामा होलीमा हुने बिकृति रोक्न भक्तपुर प्रहरीले तातोपानी नाका हुदै ल्याएको १४ बोरा बेलुन जफत गरेको छ ।होली नआउदै जथाभावी लोला हान्दा अपि्रय घटना हुन सक्ने र प्रहार गरेको लोला लागेर सर्वसाधरणको घाउचोट समेत हुनसक्ने भन्दै जफत गरेको...
- Last updated on March 12, 2011, 6:12 pm
- more
- भट्टराईलाई गृह जिल्लाको कार्यक्रममा रोक्ने प्रयास
- March 12, 2011, 6:00 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौं, फाल्गुन २९ अध्यक्ष पुष्पकमल दाहाल पक्षले उपाध्यक्ष बाबुराम भट्टराईलाई भट्टराईकै गृह जिल्ला गोरखामा प्रमुख अतिथि हुनबाट रोक्ने प्रयास गरेका छन् । दाहाल पक्षले अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई प्रमुख अतिथि बनाउने निर्णय गरी भट्टराईलाई अतिथिमात्र बनाउने निर्णय गरे पनि भट्टराईका जिल्ला नेताले त्यसो गरे परिषद् रोक्ने बताएपछि पूर्व निर्णय सच्याएको थियो ।जिल्ला नेतृत्वको दुई दिनअघि बसेको जिविस राजनितिक संयन्त्रको बैठकले माओवादी उपाध्यक्ष श्रेष्ठलाई ल्याउने निर्णय गरेको थियो । माओवादी नेतृत्वले तल्लो स्तरका कार्यकर्ताको दबाबपछि जिविस निर्णय पुस्तिकामा टिपेक्स लगाई श्रेष्ठको ठाउँमा भट्टराईको नाम लेखी परिषदेको प्रमुख...
- Last updated on March 12, 2011, 6:00 pm
- more
- जनपक्षीय बजेट आउनेछ :दाहाल
- March 12, 2011, 5:52 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौं, फाल्गुन २९ एकीकृत नेकप माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई राहात दिने गरी बजेट ल्याउने तयारी भइरहेको बताएका छन। अर्कोहप्ता सरकारले पूर्णता पाउने र छिट्टै सेना समायोजनको कार्य सुरु हुने पनि दाहालले बताए। शनिबार पूर्व-पश्चिम राजमार्गअन्तर्गत चौमालास्थित नवनिर्मित शहिद स्मृति प्रवेशद्वारको उद्घाटन गर्दै सो कार्यक्रममा दाहालले यसो भनेका हुन् ।शहिदका सपना बमोजिमको परिवर्तन हुन दिन नचाहाने तत्वको षडयन्त्र पूरा नहुने बताउदै माओवादी पार्टी जनताको पार्टी भएकाले सरकारमा गएका बेला जनतालाई राहत हुने कार्यक्रम ल्याएका दाहालको स्पटोक्ति छ । सुदुरपश्चिम क्षेत्र विकासका लागि पनि केही महत्वपूर्ण योजना रहेको, मेडिकल...
- Last updated on March 12, 2011, 5:52 pm
- more
- काठमाडौं केन्द्रीय कारागारको कमाण्ड एसपी हरिबहादुरलाई
- March 12, 2011, 6:25 am, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौं, फाल्गुन २८ युनुस अन्सारीमाथि गोलीकाण्ड भएको २ दिनपछि सुरक्षा व्यवस्था सुदृढ बनाउन महानगरीय प्रहरी आयुक्तको कार्यालयले केन्द्रीय कारागारको कमाण्डका लागि एसपीलार्इ खटाएको छ । शनिबार देखि नै एसपी हरिबहादुर पाललाई कारागारमा पठाउने निर्णय गरेको प्रवक्ता एसएसपी माधब नेपालले बताए ।यस अघि उक्त कारागारमा डिएसपी प्रमुख रहँदै आएका थिए ।
- Last updated on March 12, 2011, 6:25 am
- more
- नेपालमा पनि तीनपटक भूकम्पको धक्का
- March 12, 2011, 5:34 am, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौं, फागुन २८ जापानमा महाभुकम्प गएको घटनासँगै नेपालमा पनि १२ घन्टाको अवधिमा पोखरा र आसपासका स्थानमा तीनपटक भूकम्पको धक्का महशसस गरिएको छ भुर्गर्व विभागले जनाएको छ । भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति १० बजेर ४३ मिनेटमा ४ दशमलव ३ रेक्टर, शनिबार बिहान ५ बजेर ५१ मिनेटमा ४ दशमलब ४ रेक्टर र आजै बिहानै पौने ११ बजे ३ दशमलव ९ रेक्टर भूकम्प मापन गरिएको छ । केन्द्रका सर्वे अफिसर डिल्लीराम तिवारीका अनुसार तिनवटै भूकम्पको केन्द्रबिन्दु कास्कीको उपल्लो हेम्जा रहेको छ ।
- Last updated on March 12, 2011, 5:34 am
- more
- माले समाजवादीका अध्यक्ष बोगटी निलम्बित
- March 12, 2011, 5:04 am, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौं, फागुन २८ नेकपा मालेबाट फुटेर बनेको नेकपा माले समाजवादीको केन्द्रीय कमिटी बैठकले आर्थिक हिनामिना र अनियमितता गरेको अभियोगमा पार्टी अध्यक्ष जगतबहादुर बोगटीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ।बैठकले बोगटी पक्षधर एघार केन्द्रीय सदस्यलाई पनि कारबाही गरेको छ। गत फागुन २४ गते बसेको पार्टीको बहुमत केन्द्रीय सदस्य उपस्थित बैठकले अध्यक्ष बोगटीले पार्टीलाई सहयोगका रुपमा एक हाउजिङ कम्पनीबाट आएको एक करोड रुपियाँसहित पार्टीका सबै आर्थिक स्रोतहरुको दुरुपयोग गरी पार्टीलाई कमजोर बनाएको आरोप लगाउँदै साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो। केन्द्रीय सदस्यहरु विष्णुप्रसाद चौधरी, किशोरकुमार राम, धनकुमारी मगर,...
- Last updated on March 12, 2011, 5:04 am
- more
- १२ कक्षासम्म महिलालार्इ निशुल्क शिक्षा
- March 12, 2011, 2:18 am, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौं, फागुन २८ नयाँ सरकारले महिलाका लागि १२ कक्षासम्म नि:शुल्क शिक्षा योजना ल्याउने कार्ययोजना ल्याउन लागेको उपप्रधान तथा अर्थ मन्त्री भरतमोहन अधिकारीले बताएका छन् ।अब आउने नयाँ बजेटमा छात्राका लागि १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गरिनेछ, अधिकारीले भने। उनले नेपाली महिला शिक्षाबाट वञ्चित रहँदै आएकाले उनीहरुलाई सशक्त बनाउन यस्तो व्यवस्था गरिने बताए। जैन श्वेताम्बर तेरापन्थ महिला मण्डलले १०१ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको महिला सम्मेलन तथा सम्मान कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन।
- Last updated on March 12, 2011, 2:18 am
- more
- जापानमा नेपाली सुरक्षित
- March 12, 2011, 1:39 am, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, फाल्गुन २८
...
- Last updated on March 12, 2011, 3:28 am
- more
- कारागारमा नुनदेखि सुनसम्मको कारोबार
- March 11, 2011, 7:40 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौं, फाल्गुन २८ जेलभित्र के हुन्छ । अपराधी बस्ने, सजाय कटाउने बन्दी घर हो भन्ने सबैलार्इ थाहा तर कारागार व्यापारको अखडा रहने गरेको पछिल्ला घटाक्रमले बताउदै लगेको छ । कारागारमा केको व्यापार हुदैन ररु शिक्षादेखि सुनसम्म, खाद्यान्नदेखि लुगासम्म । यसको सञ्चालक कोही बाहिरिया साहु होइनन्, सजाय काटिरहेका कैदीहरु नै हुन् । यस्तै आर्थिक चलखेलको ुव्यापारुले जेल अपराधी सुधार गृह होइन, झन् अपराधी संरक्षण स्थलका रुपमा बदलिइरहेको छ । पछिल्लो समय राजधानीका कारागारबाट भएका गम्भीर अपराधका घटनाप्रति वेखबर जेल प्रशासनको प्रवृत्तिले यसको पुष्टि गर्छ ।केन्द्रीय कारागारका कैदी चक्रे मिलनले जेलबाटै फिरौतीको आतंक मच्चाए । टासी लामा २० लाख रुपैया र लागू...
- Last updated on March 11, 2011, 7:40 pm
- more
- स्ववियु चुनाव चैतमै-त्रिभुवन विश्वविद्यालय
- March 11, 2011, 7:16 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौं, फाल्गुन २८ त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैतमै हुने जनाएको छ । चुनावका लागि तयार रहन सबै विद्यार्थी संगठनहरूलार्इ त्रिभुवन विश्वविद्यालयले निर्देशन दिएको छ । विभिन्न विद्यार्थी संगठनलाई शुक्रबार बैठकमा बोलाएर निर्देशन दिएको हो । स्ववियु निर्वाचन गराउन तत्पर छौं, बैठकपछि विश्वविद्यालयका रेक्टर सूर्यलाल अमात्यले भने, चैतमै सम्पन्न गर्न विद्यार्थी संगठनको राय लिने काम भएको छ ।बैठकमा उपस्थित विद्यार्थी प्रतिनिधिले स्ववियु चुनाव हुनैपर्ने एकमत राखेका थिए । विद्यार्थी संगठनहरूबीच स्ववियु विनियम संशोधन गरी समानुपातिकु प्रणालीमा हुनुपर्ने मतभेद भने जारी छ । नेविसंघबाहेक अन्य संगठनले...
- Last updated on March 11, 2011, 7:16 pm
- more
- कृष्णप्रसाद भट्टराईको सालिक स्वयम्भुमा बनाइने
- March 11, 2011, 6:58 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौं, फाल्गुन २८ नेपाल विद्यार्थी संघले कृष्णप्रसाद भट्टराईको अर्धकदको सालिक स्वयम्भु सत्तलमा निर्माण गर्ने जनाएको छ । भट्टराईले २०२७ साल बैशाख ६ गते काठमाडौं१५ स्वयम्भुस्थित सत्तलमा संघको पहिलो पटक उदघाटन गरेकाले र उक्त स्थान ऐतिहासिक स्थल भएकाले अर्धकदको सालिक निर्माण गर्ने निर्णय गरेको संघका अध्यक्ष प्रदीप पौडेलले बताए ।
- Last updated on March 11, 2011, 6:58 pm
- more
|
OPINION EXPRESSION
-
Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
-
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More
|