Nepali News
Search Search by Search in
चिनियाँ कम्पनीमा काम गर्नेलाई उद्दार गर्नेबारे चीन मौन
March 1, 2011, 2:57 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १८
लिबिया आन्दोलनमा फसेका नेपालीहरुलार्इ सास्ती थपिदैछ । त्यहाँ काम गने कम्पनीले वास्ता नजनाएपछि उद्दार कार्य ढिलोबन्दै गएको छ । चिनियाँ कम्पनीमा काम गने नेपालीललार्इ चीनले उद्धार गर्ने भनिए पनि मंगलबार चिनियाँ परराष्ट्र मन्त्रालयले जारी गरेको उद्धार सम्बन्धी विवरणमा यसबारे केही उल्लेख गरिएको छैन।चीनले नेपालीको उद्धारबारे बेइजिङस्थित दूताबासलाई पनि कुनै जानकारी दिएको छैन। लिवियाको घाटमा चिनियाँ कम्पनीमा काम गर्ने नेपालीलाई उद्धार गरी सहयोग गर्न परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित चिनियाँ दूताबासलाई आग्रह गरेको थियो। त्यहाँ रहेका नेपालीहरू चीनले उद्धार गर्ने आशमा रहेको बताइएको छ।लिवियाबाट ३२,००० चिनियाँ नागरिकको...

Last updated on March 1, 2011, 2:57 pm
more
मेशिन गनसहित पक्राउ गर्न सफल प्रहरी
March 1, 2011, 2:47 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १८
अपराधिहरुले अत्याधुनिक हतियार हुन्छ भन्ने केराको प्रमाणित
गरिदिएको छ, प्रहरीले मेशीनगन सहित पोखराबाट अपराधी पक्रेबाट । दुर्लभै प्रयोग गर्ने मेशिन गनसहित एक जनालाई प्रहरीले सोमबार पोखरामा पक्राउ गरेको हो । चालु अवस्थामा रहेको अत्याधुनिक सट मेशिन गन चोरी कार्यमा संलग्न रहँदै  आएका कुबेर पुनबाट सो बन्दुक बरामद भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रबिन्द्र गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलिले गएराति सुर्खेत जिल्ला मेहलकुना गाविस घर भएका भगौडा सशस्त्र प्रहरी जवान पुनलाई पक्राउ गरे पछी हतियार फेला परेको हो । यति ठुलो हतियार अपराधिक समूहले बिरलै प्रयोग गर्ने गरेका छन् । यो मेशिन गनबाट...

Last updated on March 1, 2011, 2:47 pm
more
शिवरात्रीमा साधुको तस्बिर खिच्न फोटोग्राफर जोन बेलायतदेखि पशुपतिमा
March 1, 2011, 2:35 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १८
शिवरात्रीका बेला साधुहरूसँग रम्दै तस्बिर खिच्ने सौख बोकेर ४८ वर्षीय व्यावसायिक फोटोग्राफर जोन वारबर्टन काठमाडौको पशुपति यात्रामा छन्‍। महाशिवरात्रिमा आउने साधुको तस्बिर संकलन गर्न उनी पाँच वर्षदेखि काठमाडौं आइरहेका छन् । वास्तुकला, यात्रा, विवाह र धार्मिक गतिविधिको तस्बिर खिच्नमा खप्पिस छन् ।दुई दिनअघिसम्म ठमेलको माउन्ट भ्यु होटलमा बसेका जोनलाई उक्त मन्दिरका जोगीको मैत्रीपूर्ण, सुन्दर र अरूझैं रकम नमाग्ने व्यवहारले आकषिर्त गरेको हुनाले महाशिवरात्रिसम्म त्यहीं बस्ने निधो गरेका हुन् । उनी ती मन्दिरका साधुहरूको बिहानीदेखि सयनकालसम्मको गतिविधि क्यामेरामा समेटिरहेका छन् । उनले खिचेका तस्बिरमध्ये दुर्लभ तस्बिर छानेर...

Last updated on March 1, 2011, 2:35 pm
more
कोरियाको प्रसिद्ध पुरस्कारबाट अनुराधा सम्मानित हुने
March 1, 2011, 2:15 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १८
माइति नेपालले चेलिबेटी बेचबिखनविरुद्ध महत्त्पूर्ण योगदान दिएको भन्दै सीएनएन हिरो अनुराधा कोइरालालार्इ कोरियाको प्रसिद्ध मान्हे ग्राण्ड पुरस्कारुबाट सम्मानित गरिने भएको छ । अनुराधालार्इ उक्त पुरस्कारबाट सम्मानित गर्न लागिएको दक्षिण कोरियाको सेग्ये इल्बो पत्रिकाले जनाएको छ । पुरस्कार आगामी अगष्ट १२ गते प्रदान गरिने पत्रिकामा उल्लेख छ ।मान्हे पुरस्कारका लागि सेलेक्सन गरेका छौं भनेर आयोजकले खबर गरेको छ,माइति नेपालका निर्देशक विश्व खड्काले बताए ।मान्हे पुरस्कारबाट कोइरालासहित श्रीलंकाका पुरातत्वविद् सिरिसेना बान्दा, उपन्यासकार मोयेन र कवि इगुन् बे पनि पुरस्कृत हुँदैछन् । पुरस्कारको राशि २१ लाख रुपैयाँ छ ।कोरियास्थित...

Last updated on March 1, 2011, 2:15 pm
more
कार्यकर्ता अपहरण माओवादी
March 1, 2011, 2:00 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १८
माओवादीले आफ्‍नै कार्यकर्ता अपहरण गरेको आरोप छ । पीडित लालध्वज नेम्वाङले जनाएअनुसार उनलार्इ माओवादी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेल समूहले आफूलाई चार घन्टा अपहरण गरी ज्यान मानर्े धम्की समेत दिएको छ।पाटन औद्योगिक क्षेत्रमा साथीलाई भेट्न गएका बेला बीस जनाको समूहमा आएका जमरकट्टेलका कार्यकर्ताले उपाध्यक्ष बाबुराम भट्टराई पक्षको नेतृत्व गरेको भन्दै अपहरण गरेको नेम्वाङले जनाए । भट्टराई पक्षको नेतृत्व गरे हत्या गर्ने धम्कीसमेत दिएको र अपहरणपछि मोटरसाइकल तोडफोड गरिएको उनले बताए ।

Last updated on March 1, 2011, 2:00 pm
more
माल्दिभ्सकी सइद सार्ककी नयाँ महासचिव
March 1, 2011, 1:54 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १८
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको महासचीवमा माल्दिभ्सकी पूर्वमहान्यायाधिवक्ता सइद नियुक्त भएकी छिन् । उनी सार्कको  दसौं महासचिव हुन् । ३० वर्षिया नवनियुक्त महासचिव सुश्री फतिमा धियाना सइदले सोमबारदेखि कार्यभार सम्हालेकी छन् ।

Last updated on March 1, 2011, 1:54 pm
more
प्रधानमन्त्री खनालको निजी परराष्ट्र र प्रेस सल्लाहकार नियुक्त
March 1, 2011, 1:49 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १८
प्रधानमन्त्री झलनाथ खनालको परराष्ट्र मामिला सल्लाहकारमा मिलन तुलाधर र प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त भएकाे वालुवाटारस्थित प्रधानमन्त्री निवासले जनाएको छ । एमाले राज्य व्यवस्था समितिको सिफारिसमा मन्त्रिपरिषद् बैठकले उनीहरू दुवै जनालाई सहायक मन्त्रिस्तरको तलब सुविधा पाउने गरी नियुक्त गरेको हो ।५९ वर्षिय तुलाधर एमाले विदेश विभाग सदस्य हुन् । उनले २७ वर्ष इसिमोडमा काम गरी डाइरेक्टर पदबाट एक वर्षअघि अवकाश लिएका थिए । २०३२ देखि पार्टीमा संलग्न तुलाधर पार्टीको वैदेशिक मामिलासम्बम्धी काममा संलग्न रहँदै आएका थिए ।प्रेस सल्लाहकार थापा एमाले प्रचार विभागका सचिव तथा पार्टी केन्द्रीय कमिटीको राजनीतिक पत्रिका नवयुग मासिकका...

Last updated on March 1, 2011, 1:49 pm
more
आज महाशिवरात्री, पशुपतिमा शिवरात्रीको सेरोफोरो
March 1, 2011, 1:44 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १८
आज महाशिवरात्री पर्व परेको छ । देशैभर शिव मन्दिरहरुमा शिवको पुजा आरधना गरेर शिवरात्री मनाइदैछ । आजको दिनमा काठमाडौंको पशुपतिमा सबैभन्दा ठूलो मेला लाग्दछ । शिवभक्तहरु पशुपतिनाथमा शिवको दर्शन गर्न ओइरिएका छन्‍ । खासगरी साधु र नागबाबाको विशेष्ा उपस्थिति पशुपति मन्दिरमा देख्न सकिन्छ ।  मंगलबार दिउँसैदेखि पशुपति क्षेत्रमा भक्तजनको घुइँचो थियो ।महाशिवरात्रीको पूर्वसन्ध्यामा विद्युतीय द्वारहरू र पण्डालले पशुपतिलाई सजाइएको छ । पशुपति क्षेत्रमा गीत, संगीत, भजन र नृत्यले गुञ्जायमान छ । पशुपतिको चार शिवालय, भकुण्टोल, गौशाला, मित्रपार्क र उमाकुण्डमा राखिएको विद्युतीय द्वारहरूले झनै रौनक थपेको छ ।पशुपतिमा साधु तथा अन्य भक्तजनको घुइँचो...

Last updated on March 1, 2011, 1:44 pm
more
विकेटकिपर स्टेभन डेभिस समलिंगी रहेको सार्वजनिक
March 1, 2011, 3:07 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ, फागुन १७
(एजेन्सी)– इङ्ल्यान्डका विकेटकिपर स्टेभन डेभिस समलिंगी रहेको कुरा डेभिस आफैले सार्वजनिक रूपमै स्वीकारेका छन्। व्यवसायिक क्रिकेट खेलाडीले आफु समलिंगी भएको स्वीकारेको सम्भवत यो पहिलो घटना हो।द डेली टेलिग्राफलाई यो विषय सार्वजनिक गर्न चाहेको डसभसले बताएका छन्। समलिंगी सम्बन्ध भएका लागि सहजै स्वीकार गरियोस भन्नका लागि उनले आफ्नो सम्बन्ध सार्वजनिक गर्न चाहेको बताएका छन्।उनी अस्ट्रेलियाविरुद्धको एसेज जित्दाका टोली सदस्य थिए। उनी दक्षिण एसियामा जारी विश्वकपका लागि ३० खेलाडीमा परे पनि अन्तिम चरणमा भने फालिएका थिए। डेभिसले आफ्नो समलिंगी भएको विषयमा परिवारलाई पाँच बर्षअघि नै जानकारी दिइसकेका थिए।ु सन् २००९ मा वेल्सका रग्वी...

Last updated on March 1, 2011, 3:08 am
more
शिवरात्रीमा सरकारले पूर्णता पाउने
March 1, 2011, 1:43 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १७
प्रधानमन्त्री झलनाथ खनालको सरकार बिस्तार गनर्े साइत शिवरात्रीका दिन जुनर्े भएको छ । सात बुँदे सहमति कार्यान्वयनको अडान त्यागेर एकीकृत नेकपा माओवादी सरकारमा सहभागी हुने निर्णय भएपछि सरकारले पूर्णता पाउने भएको हो । माओवादी पार्टीको स्थायी समिति बैठकले सरकारमा सहभागी हुँदै मन्त्रिपरिषद विस्तार गर्ने निर्णय लिदा अप्ठ्‍यारोमा परेका प्रधानमन्त्री खनाललार्इ अब मन्त्रिमण्डल बिस्तार गर्न सहज हुने भएको छ बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सरकारलाई पूर्णता दिने विषयमा बैठकमा छलफल भएको बताउनुभयो । उहाँले सातबुँदे कार्यान्वयन हुनुपर्ने अडानमा आफु कायम रहेको तथापी, सरकारमा सहभागिताका विषयमा सकारात्मक छलफल भएको...

Last updated on March 1, 2011, 1:43 am
more
कारागारमा सीप तालिम योजना
March 1, 2011, 1:27 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १७
जेलमा रहेका कैदीहरुलार्इ सीपमुलक तालिम दिने योजना सरकारले अगाडी ल्याएको छ । जेलबाट छुटेपछि बेकामे हुन नपरोस् भन्दै सरकारले कयो नयाँ योजना अघि सारेको हो । पहिलो चरणमा नेपालगञ्ज, भैरहवा, सिन्धुपाल्चोक, चितवन र मोरङमा सञ्चालन हुनेगरी योजना कार्यान्वयन थालिएको र विराटनगरको  हाटखोलास्थित मोरङ कारागारमा सीपमुलक तालिम सोमबार सुरू भएको कारागार व्यवस्थापन विभागका उपसचिव कमलमणि काफ्लेले बताएका छन् ।विराटनगरमा महिला कैदी(बन्दीका लागि अगरबत्ती र पुरूषले मैनबत्ती बनाउने तालिम छनोटमा परेको छ । १० जना महिलाका लागि १० दिन र ४० पुरूषका लागि ७ दिन चल्ने तालिमको उद्घाटन गर्दै मोरङमा प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले सीपमुलक तालिम जानेकाहरू...

Last updated on March 1, 2011, 1:27 am
more
डिजिटल नम्बर प्लेट हटाउने ट्राफिक अभियान स्थगित
February 28, 2011, 11:58 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १७
गृह मन्त्रालयले महानगरीय ट्राफिक महाशाखालार्इ किन र कुन एेन अन्र्तगत डिजिटल नम्बर प्लेट हटाउने काम शुरु गरेको भनी प्रस्टीकरण् मागेपछि  ट्राफिक महाशाखाले सवारी साधनमा डिजिटल नम्बर प्लेट हटाउन थालेको अभियान मंगलबार स्थगित गरिएको जनाएको छ ।महानगरीय आयुक्तको कार्यालयका प्रमुख एआईजी अर्जुनजंग शाहीले मंगलबार बिहान मातहतका सबैलाई संचार सेटबाट आदेश दिंदै उक्त अभियान हाललाई रोक्न निर्देशन दिएका छन्‍ । ट्राफिकले अकस्मात थालेको अभियान बारे महानगरीय आयुक्तको कार्यालयलाई कुनै जानकारी थिएन ।ट्राफिकले एकाएक डिजिटल नम्बर प्लेट राख्ने सवारी धनीहरुलाई रोक्दै जरिवाना गराउन थालेपछि सर्वत्र आलोचना भएको थियो । ट्राफिकले परम्परागत रुपमा...

Last updated on February 28, 2011, 11:58 pm
more
सरकारी सम्पति २२ अर्ब
February 28, 2011, 11:25 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १७
अर्थ मन्त्रालयका अनुसार, सरकारी खातामा अहिले २२ अर्ब रुपैयाँ बचत छ। पुँजीगत खर्च जम्मा १८ अर्ब रुपैयाँ मात्र भएको छ।तरलता अभावले अन्तर बैंक ब्याज दरसँगै स्थायी तरलता सुविधा ९एसएलएफ० को दर पनि साढे १२ प्रतिशत माथि पुगेको छ। तरलता अभाव गहिरिन थालेपछि राष्ट्र बैंकले सरकारी ऋणपत्रको धितो ९रिपो० मार्फत गत बिहीबार मात्र ५ अर्ब रुपैयाँ बजारमा प्रवाह गरिसकेको छ। यो सहित केन्द्रीय बैंकले १५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा छाडिसकेको छ। बैंकहरुले ९।८६ प्रतिशतका दरमा रिपो लिइरहेका छन्।दुई सातायता अन्तर बैंक सापटी दिनेभन्दा लिने कम्पनीको संख्या थपिन थालेको छ। प्राइम, डिसिबिएल, सिद्धार्थ, सिटिजन्स्, एनसिसीलगायतका एक दर्जनभन्दा वढी बैंकले...

Last updated on February 28, 2011, 11:25 pm
more
सर्वसाधारणलार्इ प्लेट हटाउने नाममा सास्ती,गृह सचीव भने डिजिटल प्लेटमै सरर
February 28, 2011, 11:03 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १७
नेपालको कानून दैव जानून। कतिखेर के नियम ल्याउछ सरकार र कतिखेर खारेज गर्छ थाहा छैन । अहिले महानगरीय ट्राफिक महाशाखा मातहतका ट्राफिक प्रहरीले सडकमा गुडेका सवारी साधनका डिजिटल नम्बर टाँस्नेलार्इ जरीवाना गर्दै रंगले नम्बर प्लेट बनाउन निदर्ेशन गर्न थालेका छन्‍ । ट्राफिकले डिजिटल नम्बरको सट्टामा यातायात ऐनमा उल्लेख भएको ुनम्बर प्लेट लख्नुपर्छु भन्ने नियमलार्इ हातमा लिएर यो नियम लागू गर्न कारवाही प्रकि्रया थालेको जनाएको छ । नम्बर प्लेट नलेखी चलाउन पाइँदैन भन्ने ऐनको व्याख्यालाई ट्राफिकले पि्रन्ट गरेको नभई लेखेकै हुनपर्छ भन्ने दाबीगरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लागू हुँदा डिजिटल प्रविधिबाट नम्बर प्लेट निकाल्न सकिने...

Last updated on February 28, 2011, 11:15 pm
more
लिबियामा हजारभन्दा बढी नेपाली कष्टकर जीवन बिताउदै
February 28, 2011, 10:46 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १७
लिबियामा आन्दोलन चर्कदै गएको छ । तानशाह कर्णेल मुअम्मार गद्दाफीले तत्काल सत्ता नछाड्‍ने घोषणाले प्रर्दशनले उग्र रुप लिएको छ भने अमेरिकाले गद्दाफीलार्इ सत्ता छोड्‍न दबाब दिइसकेको छन् र आर्थिक नाकाबन्दी गनर्े चेतावनी समेत दिइसकेका छन् । लिबियाको चर्कदो आन्दोलनमा विदेशी नागरिकहरु बन्धक भइरहेका छन् । कामबिना उनीहरु घर घरै र कम्पनीमा नै बन्धक बनेका छन् । नेपालीहरुको अवस्था चिन्ताजनक बन्दै गएको बिभिन्न सञ्चारमाध्यमहरुले बताइरहेका छन् । ५ सय नेपाली कामदारलार्इ इजिप्टको दुतावासले उद्धार गरेको जनए पनि अभm लिबियामा १ हजारभन्दा बढी नेपालीहरु कष्टकर जीवन बिताइरहेका छन् । आन्दोलनका क्रममा नेपालीहरुले केही खान पाएका छैनन् । लिबियाबाट...

Last updated on February 28, 2011, 10:47 pm
more
प्रहरीकै मिलेमतोमा हुन्डीबाट लेनदेन
February 28, 2011, 10:30 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १७
हुण्डीबाट कारोवार जोखिम मानिदै आएको छ । नेपालमा यो कारोवार बैधानिक छैन तर प्रहरीकै मिलेमतोमा हुण्डीबाट लेनदन हुने गरेको खुल्न आएको छ ।  डीएसपी कञ्चन थापाले माघ ५ गते आत्महत्या गरेपछि पक्राउ गरिएकी खोपकुमारी अधिकारीसँग सोधपुछ अनुसन्धानबाट सो कुरा खुल्न आएको छ ।घटनामा खोपकुमारी दोषी देखिएकी छैनन् । तर उनको बयानबाट प्रहरीको मिलेमतोमा ुहुन्डीु को अवैध धन्दा चलिरहेको नयाँ खुलासा भएको छ । अनधिकृत व्यक्तिरसमूहले गर्ने पैसाको गैरकानुनी स्थानान्तरणलाई चलनचल्तीको भाषामा हुन्डी भनिन्छ ।रसुवाबाट कामको खोजीमा राजधानी छिरेकी खोपकुमारीले दुई वर्षको अवधिमा करिब १ करोड ६० लाख रुपैयाँ हुन्डीमार्फत पाएको खुलेको छ । उनलाई पटक(पटक गरी उक्त रकम...

Last updated on February 28, 2011, 10:30 pm
more
गृह थाती राखेर मन्त्रीमण्डल बिस्तार गरिने
February 28, 2011, 9:52 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १७
गृह मन्त्रालय आफैंसँग राखेर छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने सोच प्रधानमन्त्री प्रधानमन्त्री झलनाथ खनालले बनाएको निकट स्रोतहरूले जनाएका छन् । गृह प्रधानमन्त्रीसँगै रहने सर्तमा सरकारमा सामेल हुन माओवादी सकारात्मक भएपछि खनाल मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारीमा जुटेकाे स्रोतको दाबी छ । प्रधानमन्त्रीले शान्ति प्रक्रियाका काम अगाडि बढेपछि नयाँ परिस्थितिमा मन्त्रालय बाँडफाँडबारे पुनर्विचार गर्ने प्रस्ताव अघि सारेपछि माओवादी त्यही विश्वासमा सरकारमा सामेल हुने मनस्थितिमा पुगेको हो । स्रोतका अनुसार मंगलबार नै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना बढी छ ।प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच...

Last updated on February 28, 2011, 9:52 pm
more
सुनसरीका सरकारी कार्यालय बन्द
February 28, 2011, 8:07 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १७
जिल्ला वन अधिकृत रामबृक्ष ठाकुरलाइ कालोमोसो दलिएको घटनाको बिरोधमा सुनसरी जिल्लाका कर्मचारी संगठनहरुले मंगलबार जिल्ला भरीका सबै सरकारी कार्यालय बन्दको आव्हान गरेको छ । पुर्नगठित माओवादीका कार्यकर्ताहरुले सोमबार वन अधिकृत ठाकुरलाइ कार्यालयमै गएर कालोमोसो दलेका थिए । नेपाल निजामती कर्मचारी संगठन , नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्टिय कर्मचारी संगठन, मधेसी निजामती कर्मचारी मंच लगायतका ६ संघ संगठनले संयुक्त विज्ञप्ती जारी गरी वन्द आहवान गरिएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष चिनेश्वर मेहताले जानकारी दिए । कार्यालय भित्रै प्रमुख माथि अभद्र ब्यबहार हुनुले राष्ट्रसेवक कर्मचारीहरु असुरक्षित भएको भन्दै बन्द...

Last updated on February 28, 2011, 8:07 pm
more
वाहना गरिए समर्थनमा हेरफेर हुनसक्छ- मोहन बैद्य
February 28, 2011, 8:02 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १७
एमालेको किचलो र प्रधानमन्त्रीको कारण सरकार बिस्तार हुन नसकेको माओवादी पार्टीको ठहर छ । यदि यही प्रकि्रया भइरहे सरकारको समर्थन फिर्ता लिने माओवादीका उपाध्यक्ष्ा मोहन बैद्यले गरेका छन्‍ बैद्यको चेतावनी छ, सातबुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्रीको दलले अझैपनि अलमलकै स्थिति कायम राख्‍ने हो भने सरकारलाई दिइएको समर्थनमा हेरफेर हसनसक्छ । जनसञ्चार अभियानद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उनले एनेकपा माओवादीको समर्थनमा वर्तमान सरकार निर्माण भएतापनि प्रधानमन्त्री झलनाथ खनालकै पार्टी एमालेभित्रको चलखेल र अस्पष्टताका कारण सरकारले पूर्णता पाउन नसकेको ठोकुवा गरे। प्रधानमन्त्री निर्वाचित भएको झण्डै एक महिनासम्म पनि...

Last updated on February 28, 2011, 8:02 pm
more
कांग्रेस नै बाधक- नेविसंघ अध्यक्ष
February 28, 2011, 7:54 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १७
नेविसंघको महाधिवेसनका लागि कांग्रेस नै बाधक भएको आरो नेविसंघका अध्यक्ष्ाले लगाएका छन्‍ । अध्यक्ष प्रदीप पौडेलले मातृपार्टीको हस्तक्षेपका कारण संघको महाधिवेशन हुन नसकेको आरोप लगाएका छन् । संघले अधिवेशनबाट नेतृत्व चयन गर्न माग गरेको तर मातृपार्टी नेपाली कांग्रेसको नेतृत्व पंक्तिले मनोनयनकै आधारमा सञ्चालन गर्न चाहेकोसमेत विद्यार्थी पंक्तिले जनाएको छ ुपार्टीले समस्यामा खेलेर स्वार्थ लाद्न चाहन्छु, पार्टीले गरेको गृहकार्यप्रति हामी असहमत अध्यक्ष पौडेलले भने, अधिवेशनले मात्र समाधान दिन्छ । पार्टीले अधिवेशन गर्न सहयोग गर्नुपर्छर् । आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले अविलम्ब महाधिवेशन गराउन पार्टी केन्द्रीय समितिमा...

Last updated on February 28, 2011, 7:54 pm
more
[ First ] [ Prev ] 1  |  2  |  3  |  4  |  5  |  6  |  7  |  8  |  9  |  10  |  11  |  12  |  13  |  14  |  15  |  16  |  17  |  18  |  19  |  20 [ Next ] [ Last ]

Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More