Nepali News
Search Search by Search in
समायोजनबारे नेपाली सेनाको प्रस्तावहरु
March 29, 2011, 12:44 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ, चैत्र १५
 नेपाली सेनाले आफूमातहत प्रहरी, सशस्त्र प्रहरी र लडाकुसमेत सहभागी गराई छुट्टै महानिर्देशनालय बनाएर समायोजन प्रक्रिया टुंग्याउन सकिने जनाएको छ ।प्रधानसेनापति छत्रमानसिंह गुरुङले तीन सुरक्षा निकायबाट निश्चित संख्यामा जनशक्ति ल्याएर त्यसमा राजनीतिक सहमतिमा तय गरिने माओवादी लडाकुको संख्या मिलाएर बेग्लै महानिर्देशनालय बनाउन सकिने प्रस्ताव सुझाएका हुन् ।प्रधानमन्त्री झलनाथ खनालसँग प्रधानसेनापति गुरुङले समायोजनसम्बन्धी स्पष्ट खाका प्रस्ताव गरेको सेनापतिनिकट स्रोतले बतायो ।
यसैबीच विशेष समितिले समायोजनसम्बन्धी कार्ययोजना तयार पार्न गठन गरेको कार्यदलको सोमबार बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ । ुछलफल गरिरहेका छांै ।...

Last updated on March 29, 2011, 12:44 am
more
माओवादी सभासद लिला भण्डारीको पतिको हत्या
March 29, 2011, 12:34 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ, चैत्र १५
कैलाली क्षेत्र नं-६ बाट संविधान सभामा एनेकपा माओवादीबाट निर्वाचित सभासद लिला भण्डारीका श्रीमान्‌को भारतमा हत्या भएको छ ।सभासद भण्डारीका श्रीमान ३० वर्षीय टिकाराम मिश्रको भारतको लखनपुरमा शनिवार हत्या भएको पुष्टि भएको हो। दार्चुला सदरमुकाम खलंगादेखि २२ किलोमिटर उत्तरमा रहेको सीमावर्ती भारतीय बजार लखनपुरमा स्थानीय ुवरुवाु नाम गरेका भारतीय नागरिकले हत्या गरेको मिश्रकी कान्छी श्रीमती रेखा विष्टले बताइन्। रेखाले भारतीय नागरिकविरुद्ध हत्याको आरोप लगाउँदै भारतको धारचुला र पाङ्गला प्रहरी चौकीमा किटानी जाहेरी दिएकी छन्। हत्यापछि श्रीमानलाई महाकाली नदीमा फालेको उनले भारतीय प्रहरी समक्ष उजुरी दिएकी छिन्।कैलालीको फुलवारी...

Last updated on March 29, 2011, 12:34 am
more
माओवादीभित्र गोरु जुधाँइको लडाई
March 29, 2011, 12:25 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ, चैत्र १५

माओवादीमा अन्तरसंघर्ष चुलिँदै गएको छ । यो  अन्तरसंघर्षले पार्टीभित्र फुटको अवस्था आउन सक्ने राजनीतिक विश्लेषकहरुको ठम्याई छ । यस अवस्थाको निकास दिन अहिले अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन वैद्य र अर्का उपाध्यक्ष बाबुराम भट्टराईले आ(आफ्नो पक्षमा छुट्टाछुट्टै बैठक गर्न थालेका छन् । पार्टीभित्रको चर्को विवादका कारण पार्टीले मन्त्री हुने व्यक्तिसमेत चयन गर्न सकेको छैन । उपाध्यक्ष भट्टराईले आफ्नो निवास सानेपामा गोप्य बैठक गरेको अर्को दिन सोमबार अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्यको बैठक नयाँ बजारमा बसेको छ । बैठकमा भट्टराईलाई नबोलाएको स्रोतले जनाएको छ । बैठकमा भट्टराईले आइतबार आफूमाथि पार्टी फुटाउन लागेको आरोप...

Last updated on March 29, 2011, 12:36 am
more
गोरखामा पहिरोपाँच जनाको ज्यान लियो
March 29, 2011, 12:11 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ, चैत्र १५

बाटो खन्दै गरे अवस्थामा गोरखाको छेक्मपार गाविसमा ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । वडा न।६ र ७ मा बाटो खन्दै गरेको बेला सोमबार साँझ जमीन भासिएको थियो ।मृतकहरुमा वडा नं ६ का ५० वर्षीय दोर्जे लामा र ३९ वर्षीय साङोदोर्जे लामा छन् । त्यस्तै वडा नं ७ का ३९ वर्षीय नालाङलुन्डुप लामा,४० वर्षीय छेवाङडुन्डुप लामा र २३ वर्षीय याङ्जोन लामाको ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीय छिरिङ्आङ्दो लामाले टेलिफोनमा बताए । बाटो खन्ने क्रममा स्थानीय १८ जना खटिएकोमा १३ जना बाँच्न सफल भए । स्थानीय छेक्पार प्रहरी चौकीले पुरिएको स्थानबाट शव निकालेको छ । घटनास्थल सदरमुकामबाट ६ दिनको पैदल दुरीमा छ ।

Last updated on March 29, 2011, 12:36 am
more
जेठ १४ पछि को अवस्था के हो सुसूचित गराऊ :राष्ट्रपति
March 28, 2011, 6:09 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १४
तोकिएको समयावधिमा संबिधान नबन्ने कुरा सर्वत्र आइरहेको बेला राष्ट्रपति डा। रामवरण यादवले जेठ १४ पछि नेपालको राजनीतिक अवस्था के हुने हो त्यसको जानकारी अहिले नै जनतालाई गराउन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।राष्ट्रपति यादवले शान्ति र संविधानको पूर्णताका लागि प्राविधिकरुपमा दुई तिहाई पुर्‍याएरभन्दा राष्ट्रिय सहमतिका माध्यमबाट टुङ्गो लगाउन पनि दलहरूलाई आग्रह गरेका छन्। दुई वर्षका लागि जनादेश पाएको संविधानसभाको थप भएको समय पूरा हुन दुई महिनामात्र बाँकी रहेको भन्दै यादवले २०६७ जेठ १४ पछि देशमा के हुन्छ भन्नेबारे त्यसअघि नै जनता सुसूचित हुनुपर्नेमा अधिकार जनताको रहेकोले त्यसको जानकारी सरकार र राजनीतिक दलहरुले...

Last updated on March 28, 2011, 6:10 am
more
जापानमा गएको भूकम्प पीडितको सम्झनामा दीप प्रज्वलन
March 28, 2011, 6:02 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १४
 जापानमा गएको भूकम्प र सुनामी पीडितको सम्झनामा सोमबार गैरआवासीय नेपाली संघले राजधानीमा दीप प्रज्वलन गरेको छ ।कार्यक्रममा राष्ट्रपति रामवरण यादव उपस्थित हुनुभयो भनेयादवले कार्यक्रम उदघाटन गर्दै उनले दुखद घडीमा नेपालीहरु जापानी जनता र त्यहाँको सरकारको साथमा रहेको बताए ।सभामुख सुवासचन्द्र नेम्वाङ्गले जापानमा महाभूकम्प तथा सुनामीबाट दिवंगत एवं प्रभावित भएका व्यक्तिहरु प्रति दुःख प्रकट गर्दै चाँडै नै त्यहाँको जनजीवन सामन्य होस् भन्ने कामना गरे । जपानका राजदूत तात्सुतो मिजुनोले जापानी जनतालाई सम्झेर गैरआवासीय नेपाली संघले विशेष शान्ति पूजा कार्यक्रम आयोजना गरेकोमा आफू र जापान सरकारको तर्फबाट आभार व्यक्त गरे ।

Last updated on March 28, 2011, 6:10 am
more
चीनबाट तिब्बतलाई छुट्याउन सक्तैनःतिब्बत जनसरकार प्रमुख
March 28, 2011, 5:46 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १४
तिब्बत जनसरकार प्रमुख पद्यम छोलिङले अस्थिरता मच्चाएर तिब्बतलाई चीनबाट अलग गर्न खोज्नेहरू असफल हुदै गएको बताएका छन्। तिब्बत चीनको अधिनमा आएको र दलाई लामा निर्वासित भएको ५२ वर्ष पुगेको सन्दर्भमा आइतबार बेइजिङमा टेलिभिजन सम्बोधन गर्दै छोलिङले यस्तो दावी गरेका हुन्। २८ मार्च १९५९ मा चीनले तिब्बत आफ्नो अधिनमा लिएको थियो। सिमा सुरक्षा हेर्ने तिब्बती अधिकारीहरूले सिन्धुपाल्चोक जिल्लाका नेपाली सुरक्षा अधिकारीलाई खासामा बोलाएर २८ मार्च ९सोमबार० तिब्बती शरणार्थीले चीन विरोधी विशेष कार्यक्रम गर्न लागेको भन्दै उनीहरूको आवतजावत नियन्त्रण गरिदिन आग्रह गरेका थिए। बेइजिङले यसवर्ष मार्च महिनाभरी विदेशी पर्यटकलाई समेत रोक लगाएर...

Last updated on March 28, 2011, 6:09 am
more
निर्वाचनको विकल्पै छैनः अध्यक्ष थापा
March 28, 2011, 5:42 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १४

शान्ति र प्रजातन्त्रका लागि नयाँ चुनावको विकल्प नरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले राप्रपा नेपाल पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा बताएका छन् । थापाले संविधानसभाको म्याद थप्दा मुलुक अझ अन्यौलमा धकेलिने तर्क अघि सारेका छन् । वाम ध्रुवीकरणले उग्रवामपन्थी एवम् कम्युनिष्ट सर्वसत्तावाद र अधिनायकवादलाई स्थापित गर्ने बताउदै थापाले बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको राष्ट्रिय मेलमिलापको एजेन्डामा आउन प्रजातन्त्रवादी पक्षधरलाई आव्हान गरेका छन्।

Last updated on March 28, 2011, 5:42 am
more
मनहरा खोलामा युवकको शव
March 27, 2011, 8:50 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १४
मध्यपुर ठिमी(१६ लोकन्थली स्थित मनहरा पुल नजिकै खोलामा गाडिएको अवस्थामा एउटा शव भेटिएको छ । २५र२६ वर्ष उमेरका देखिने पहिचान नखुलेको पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।प्रहरी वृत ठिमीका डिएसपी राधीका खडकाले स्थानीयको सूचना आधारमा शव फेला पारिएको बताइन् । उनले कुनै समूहले आपसी विवादका कारण आफ्नै सदस्यको हत्या गरेको हुन सक्ने आशंका व्यक्त गरिन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाइन् ।

Last updated on March 27, 2011, 8:50 pm
more
मधेसी दलसँगको सहमति मान्य हुन्नः थारु समुदाय
March 27, 2011, 8:48 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १४
चैत्र ९ गते भएको ३ दलको सहमति प्रति थारु कल्याण कारिणी सभाले आपत्ती जनाएको छ। फोरमलाई सरकारमा सहभागी गराउनका लागि माओवादी र एमालेले सो सहमति गरेका थिए। थारु कल्याणकारिणीको चैत्र ११ र १२ गते धनुषामा भएको केन्द्रीय बैठकले सहमतिको विरुद्ध आन्द्योलनका कार्यक्रमहरु समेत घोषणा गरेको छ । सभाले आइतबार नवलपरासीको गैंडाकोटमा पत्रकार सम्मेलन गरेर संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो।
सभाले चैत्र १७ गते संविधान सभा अध्यक्ष तथा विभिन्न राजनैतिक पार्टीलाई ज्ञापनपत्र बुझाउने भएको छ। सोही दिन जिल्ला प्रशासन कार्यालयहरुमा पनि ज्ञापनपत्र बुझाउने महामन्त्री थनेतले बताए। त्यस्तै चैत्र १८ गते काठमाडौं र जिल्ला जिल्लामा सहमति पत्र...

Last updated on March 27, 2011, 8:48 pm
more
पार्टीभित्र फुटको हल्लाको षड्यन्त्रः भट्टराई
March 27, 2011, 8:43 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १४
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले संस्थापन पक्षले कार्यकर्तामा त्रास सिर्जना गरी पार्टी कब्जा गर्न आफूमाथि पार्टी फुटाउन लागेको आरोप लगाएको बताएका छन् । अध्यक्ष पुष्पकमल दाहालसँग अन्तरसंघर्ष गहिरिँदै गइरहेका बेला भट्टराईले जिल्लाबाट आएका आफ्ना कार्यकर्तासँग आइतबार आफ्नो निवास सानेपामा भएको भेटमा आफूविरुद्ध 'दुष्प्रचारु गरिएको जनाएका छन् ।
अपमान सहेरै पार्टी एकताको निम्ति तीसौं वर्षदेखि संघर्ष गर्दै आएको व्यक्तिलाई पार्टी फुटाउँछ भन्नु झूटको खेतीबाहेक केही होइन ।माओवादीभित्र भट्टराईको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा लिइएको छ । दाहाल र अर्का उपाध्यक्षबीच सहकार्य भइरहेका बेला माओवादीभित्र अविश्वास र...

Last updated on March 27, 2011, 8:43 pm
more
समयमा संविधान निर्माण होला ?
March 27, 2011, 8:39 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १४
संविधान निर्माणको गति कति छोटिदै छ । समयमा संबिधान बन्ने वा नबन्ने भन्नेमा आ(आफ्ना विश्वलेषण र तर्कह्र एीबज्उक्ँ छन् । तर संविधानसभाको एकवर्ष थप गरिएको कार्यकाल सकिन भने अब दुई महिना मात्र बाँकी छ ।
संविधान निर्माणको गतिलाई माओवादी नेता सीपी गजुरेलले ुसुपरसोनिक जेटु विमानको जति भएको दावी गरेका छन् । सुपुर सोनिकजेट सबैभन्दा द्रुत गतिमा उड्न सक्ने विमान हो । संसदमा विशेष समय लिएर बोल्दै गजुरेलले आफ्नो दलका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको विवाद समाधान उपसमितिको कामलाई यति धेरै प्रशंशा गरेका हुन् । संबैधानिक समितिले दाहालको संयोजकत्वमा बनाएको उपसमितिले विषयगत समितिका प्रतिवेदनमा रहेका विवादीत प्रश्न घटाउने काम...

Last updated on March 27, 2011, 8:39 pm
more
खनालको सम्पत्ति कति सही हो त?
March 27, 2011, 8:30 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १४
प्रधानमन्त्री झलनाथ खनालले आफूसँग भएको सम्पत्तिको सार्वजनिक विवरण हेर्ने हो भने, बैंक खातामा खनालका नाममा एक हजार एक सय ६० रुपैयाँ मात्रै बचत देखिन्छ तर के यो सही होला त, अनुमान लगाउन पनि गार्हो छ । प्रधानमन्त्री नियुक्त भएको झन्डै ४८ दिनपछि उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा धेरैजसो चलरअचल सम्पत्ति श्रीमती रविलक्ष्मी चित्रकारका नाममा रहेको देखिन्छ । लक्ष्मी चित्रकारका नाममा कामनपा(१५ डल्लुआवास क्षेत्रमा ९ सय ४४ वर्गफिटमा बनेको एक पक्की घर छ । खनालले इलामको साँखेजुङ(७ मा अंशबाट २३ रोपनी ३ आना ३ पैसा २ दाम, नौ रोपनी चार आना एक पैसा एक दाम, सात रोपनी १० आना र २१ रोपनी ४ आना जमिन प्राप्त भएको उल्लेख गरेका छन् । खनाल साँखेजुङमा...

Last updated on March 27, 2011, 8:30 pm
more
विश्वकप क्रिकेटको सेमिफाइनल स्थानमा श्रीलंका
March 27, 2011, 8:31 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १३
विश्वकप क्रिकेटको अन्तिम क्वाटरफाइनलमा  श्रीलंकाले प्रवेश हात पारेको छ ।शनिबार इंग्ल्यान्डमाथि १० विकेटको जित हात पार्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । यससँगै विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । अब फाइनल प्रवेशका लागि मंगलबार श्रीलंकाले न्युजिल्यान्डको सामना गर्नेछ । कोलम्बोमा भएको खेलमा सन् १९९६ को विश्वकप विजेता श्रीलंकाको जितका लागि प्रारम्भिक ब्याट्सम्यान तिलकरत्ने दिल्सान र उपुल थारङ्गाले दोस्रोपल्ट दुई सयभन्दा बढी रनको साझेदारी गरे । दिल्सानले नटआउट १ सय ८ रन बनाए भने थारङ्गा १ सय २ रनमा अन्तिमसम्म क्रिजमा रहे । उनीहरूले ३९ ओभर ३ बलमा खेल टुङ्ग्याए । पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेट क्षतिमा २ सय...

Last updated on March 27, 2011, 8:31 am
more
यात्रुबाहक बसमा बम विष्फोट २३ जना घाइते
March 27, 2011, 8:26 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १३
 भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको यात्रुबाहक माइक्रोबसमा आइतबार साँझ वम विष्फोट भएको छ । लु  १ ख ३६६६ नम्वरको माइक्रोबसमा साझ करिब सवा ६ बजे भएको वम विष्फोटमा हुँदा  कम्तीमा २३ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।घाइतेहरुमा शैलेन्द्र कर्ण जनकपुर, ध्रुव पराजुली रानीपानी पर्वत, मीना कुँवर गुल्मी तम्घास, नारायण ज्ञवाली गुल्मी , अर्जुन कँडेल श्रृंगा गुल्मी, श्रृजना थैव गुल्मी रीडी,  टिकाराम सुवेदी रुपन्देही, सुनिता तामाङ बुटवल, सपना तामाङ बुटवल, वासुदेव श्रेष्ठ बुटवल, बालकृष्ण खरेल बुटवल, टिकाराम न्यौपाने बुटवल, ध्रुव खासी पाल्पा तानसेन, प्रकाश शाही मंगलापुर रुपन्देही, दलबहादुर थापा रुपन्देही फर्साटिकर, सुनिल रामा...

Last updated on March 27, 2011, 8:26 am
more
'कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार' नेपाललाई
March 27, 2011, 8:21 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १३
 नेपाल पत्रकार महासङ्घले आफ्ना संस्थापक सभापति कृष्णप्रसाद भट्टराईको नाममा स्थापना गरेको 'कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार' यस वर्ष महासङ्घको स्थापना दिवस चैत १६ गते प्रदान गर्ने जनाएको छ। पुरस्कारको राशि एक लाख रुपियाँ र ताम्रपत्र रहेको छ। उक्त पुरस्कार पहिलोपटक महासङ्घका पूर्वसभापति एवं वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय महासंघले गरेको छ। विगत चार दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका नेपाललाई नेपालमा स्वतन्त्र प्रेसको विकास र रक्षाका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा पुर्‍याएको योगदानको सम्मान गर्दै यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको...

Last updated on March 27, 2011, 8:21 am
more
राकेश सूद माओवादी कार्यालयमा
March 27, 2011, 8:16 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १३
 भारतीय रादूत राकेश सूद माओवादी पार्टी कार्यालयमा भेटघाटका लागि पुगेका छन् । सधैं माओवादीप्रति कडा मानिएका पहिलोपटक भारतीय युवा सांसदहरुको टोलीसहित आइतबार पार्टी कार्यालय माओवादी पार्टी कार्यालय गएका हन् । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा झण्डै एक घण्टा भएको भेटमा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको एक भारतीय सांसद सञ्जय जयसवालले बताए । भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु थिए । भारतप्रति नरम मानिएका उपाध्यक्ष बाबुराम भट्टराई भने भेटमा सहभागी भएनन् ।नेपाल भ्रमणमा रहेको भारतीय युवा सांसदहरुको टोलीले नेपालमा राजनीतिक भेटघाटमा तीब्र पारेको छ । टोलीले आइतबार नै राष्ट्रपति रामवरण यादव र...

Last updated on March 27, 2011, 8:16 am
more
बलिउड 'ह्याप्पी हस्बेन्ड्स' प्रदर्शनमा
March 26, 2011, 8:45 pm, Filed under Nepali News
...
Last updated on March 26, 2011, 8:45 pm
more
संविधान बनाउन चाहेका छैनन् दलहरुले
March 26, 2011, 8:35 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ, चैत्र १३
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ठूला दलका नेताले संविधान निर्माण गर्न नचाहेको आरोप लगाएका छन्। सविधान बनेपछि तत्काल चुनाव गर्नुपर्ने र चुनावमा राम्रो परिणम ल्याउन नसक्ने भएकोले सविधान बनाउन नचाहेको उनले आरोप छ। झलनाथ खनाल नेतृत्वको सरकारलाई ुठगुको संज्ञा समेत अध्यक्ष नारायणमान बिजुक्छेंले दिएका छन् । नेपाल मजदुर किसान पार्टीको जनबर्गीय संगठन क्रान्तिकारी मजदुर संघको प्रथम राष्ट्रिय सम्मेलनको उद्घातन समारोहमा वोल्दै अध्यक्ष बिजुक्छेंले वर्तमान गठवन्धनको सरकारलाई ठगको संज्ञा दिदै नेपाली जनतालाइ मार नपर्ने गरी तत्काल खानेपानीको समस्याको समाधान , लोडसेडिङ घटाउन र पट्रोलियम पदार्थमा गरीएको...

Last updated on March 26, 2011, 8:35 pm
more
नयाँ सहमतिका लागि सात बुँदे खारेज हुनुपर्नेःप्रकाशमान
March 26, 2011, 8:30 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ, चैत्र १३
नयाँ समीकरण र सहमतिमा काँग्रेसलाई पनि सरकारमा ल्याउने छलफल चलिरहेको एमाले  माओवादीले बताउदै गर्दा नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले एमाले र माओवादीले गरेको सात बुँदे सहमति खारेज नभए सम्म काँग्रेस सरकारमा जाने बताएका छन् । नेपाल भूतपूर्व सैनिक संघ बागलुङको चौथो जिल्ला अधिवेशन तथा जिल्ला स्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणमा बोल्दै सिंहले लोकतानित्रक मूल्य र मान्यतालाई लत्याएर सहमति गरेको आरोप समेत लगाए । सात बुँदे सहमति गरेको एमाले र माओवादीकै उच्चस्तरीय नेतालाई समेत थाहा नदिएर आँफूहरु मात्र सत्तामा रहने खेल दुइ दलका प्रमुखले रचेको सिंहको आरोप थियो ।
पार्टीको महाधिवेशनमा हार जीतको कारणले जिल्ला तहमा केही...

Last updated on March 26, 2011, 8:30 pm
more
[ First ] [ Prev ] 1  |  2  |  3  |  4  |  5  |  6  |  7  |  8  |  9  |  10  |  11  |  12  |  13  |  14  |  15  |  16  |  17  |  18  |  19  |  20 [ Next ] [ Last ]

Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More