Nepali News
Search Search by Search in
केन्द्रिय बैंकको वित्तीय संस्थालाई ऋण नीति
March 24, 2011, 8:12 pm, Filed under Nepali News

केन्द्रीय बैंकले वित्तीय सहयोगस्वरुप ऋण दिने नीति ल्याएको। अन्तिम ऋणदाता व्यवस्थाअन्तर्गत केन्द्रीय बैंकले यस्तो नीति लिएको हो। संस्थामा प्रणालीगत जोखिममा बढेर स्वस्थ बैंक तथा वित्तीय संस्था धरायसी हुने अवस्था आए, प्रतिवद्धता जनाइ सकेको कर्जा प्रवाह गर्न असफल भए नकारात्मक असर अर्थ व्यवस्थामा पर्न जाने भएकाले केन्द्रीय बैंकले ऋण दिनेछ। केन्द्रीय बैंकले बिहीबार यो व्यवस्था गर्दै कुनै संस्था असफल भएर सर्वसाधारणको बैंकिङ प्रणालीबाटै विश्वास उठ्ने अवस्था आएमा पनि ऋण दिने जनाएको छ। उसले प्राकृतिक प्रकोप तथा संस्थाको बजारयोग्य सम्पति नभएर दायित्व पुरा गर्न नसकेको अवस्थामा पनि ऋण दिनेछ।
यस्तो कर्जा पाउन भने सम्बन्धित बैंक तथा वित्तीय संस्था आफैले पहल गर्नुपर्ने...

Last updated on March 24, 2011, 8:12 pm
more
जहाजै हस्पिटल बन्यो
March 24, 2011, 4:29 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १०
जहाज अस्पताल भएको छ ।वाजुरबाट नेपालगन्ज आउँदै गरेको नेपाल वायु सेवा निगममा यात्रा गरिरहेकी सातपाठा(७ वाजुराकी सुकला न्यौपानेले बिहीबार जहाजमै छोरा जन्माइन्। एक सातादेखि जहाजको पर्खाइमा रहेकी न्यौपानेले जहाज कालिकोटको सदरमुकाम मान्मा माथि उडिरहेको बेला छोरा जन्माएको विमान चालक एनबी विश्वकर्माले बताए।
बच्चा जन्माए लगत्तै विमान परिचारिका पिके गुरुङ लगायत यात्रुहरूले सुकला र शिशुको स्याहार गरेका थिए। जहाजमा १९ यात्रु थिए। बच्चा जन्मिएको २० मिनेटपछि जहाज नेपालगन्ज अवतरण भएको थियो। सुकलाका पति लालप्रसादका अनुसार उनको यो दोस्रो बच्चा हो। जहाजमा जन्मिएको बच्चा र आमालाई भेरी अन्चल अस्पतालमा राखी उपचार भइरहेको छ।...

Last updated on March 24, 2011, 4:29 am
more
बेलायतमा टियर फोरअन्तर्गत जाने विद्यार्थीले काम गर्न नपाउने
March 24, 2011, 4:24 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १०
बेलायत सरकारले टियर फोरअन्तर्गत प्रति एकपटक फेरि कठोर देखिएको छ । बेलायत गृह मन्त्रालयले उद्‍घोष गरेअनुसार यहाँका निजी कलेजमा पढ्नेहरुले काम गर्न पाउने छैनन्। मङ्गलबार जारी यो नियमको शिकार व्यक्तिगत लगानीका कलेजसमेत हुने भएका छन। नयाँ नियम २०१२ को अप्रिलसम्म लागू भइसक्नेछ। नियम लागू भएपछि विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीले मात्र काम गर्न पाउने भएका छन्। सामुदायिक कलेजमा पढ्ने विद्यार्थीको हकमा भने सीमित अवधि काम गर्ने अनुमति दिइनेछ। अन्य निजी क्षेत्रबाट सञ्चालित कलेजलाई तिनीहरुको क्षमताअनुरुप अति विश्वसनीयको दर्जा दिइनेछ तर त्यस्ता कलेजमा पढ्न आउने विद्यार्थीले काम गर्न भने पाउने छैनन्। यसअघि...

Last updated on March 24, 2011, 4:24 am
more
लोडसेडिङ अवधि दुई घण्टा घट्यो
March 24, 2011, 4:12 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १०
एसएलसीलाई मध्यनजर गरेर नेपाल विद्युत् प्राधिकरणले बिहीबारदेखि लागु हुने गरी लोडसेडिङको समयावधि दुई घण्टा घटाएको छ । प्राधिकरणले मुलुकभर सञ्चालन हुने एसएलसी परीक्षालाई ध्यानमा राखेर १४ घण्टाको विद्यमान लोडसेडिङ अवधिमा दुई घण्टा घटाएको हो । परिवर्तित लोडसेडिङको तालिका एसएलसी परीक्षा अवधिभर मात्र लागु हुने प्राधिकरणले जनाएको छ ।

Last updated on March 24, 2011, 4:12 am
more
नेपाल सेनालाई थप सहयोग गर्ने चिनियाँ सेनापतिको प्रतिबद्धता
March 24, 2011, 4:08 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १०
चिनियाँ सेनाका प्रधानसेनापति चेन विङ्देले नेपाली सेनालाई अझ थप सहयोग गर्न चीन सरकार तयार रहेको बताएका छन् ।  बिहीबार नेपालका रक्षा मन्त्री बिष्णु पौडेलसंगको भेटवार्तामा थप सहयोग गर्न चिनियाँ सेना इच्छुक रहेको जानकारी गराएका हुन् ।  चेन विङ्दे प्रधान सेनापति छत्रमानसिंह गुरुङको निमन्त्रणामा बुधबार नेपाल आइपुगेका हुन् । सेनापति गुरुङ् र चेन बीच बुधबार साँझ करिव डेढ अर्व बराबरको सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो ।  
रक्षा मन्त्री पौडेलसंगको करिव ४५ मिनेट लामो भेटवार्ताका क्रममा उनले नेपाल सेनाको मानवीय स्रोत साधन विकासमा समेत सहयोग गर्न इच्छुक रहेक जनाएका थिए । रक्षा मन्त्री पौडेलले सहयोगको लागि धन्यवाद व्यक्त गर्दै एक...

Last updated on March 24, 2011, 4:15 am
more
शीर्ष नेताहरु धुलीखेल रिसोर्टमा
March 23, 2011, 10:34 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ,चैत्र १०
 धुलीखेलस्थित एक होटलमा बिहीबार बिहानै शीर्षस्थ नेताहरु पुगेका छन्। नयाँ संविधानमा देखिएका विवाद समाधानका लागि संबैधानिक समितिले गठन गरेको उपसमितिको बैठकका लागि नेताहरु त्यहाँ पुगेका हुन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा गठित कार्यदलले एक सय भन्दा बढि विषयहरुमा सहमति जुटाए पनि ८३ वटा विषयमा विवाद कायमै थियो । नयाँ संविधानका लागि प्रस्तावित विभिन्न विषयहरुमा सहमति जुट्न नसकेपछि संबैधानिक समितिले शीर्ष नेताहरु रहेको उपसमिति गठन गरेको थियो । धुलिखेल लज एण्ड होटलमा सुरु भएको बैठकमा दाहाल, काँग्रेस नेता रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाललगायतका नेताहरु छन् ।संविधान जारी गर्नुपर्ने समय आउन करिव दुई...

Last updated on March 23, 2011, 10:34 pm
more
बेलयती रक्षामन्त्री नेपाल आउँदै
March 23, 2011, 10:28 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ,चैत्र १०
चीनिया सेनापति नेपाल आए लगत्तै बेलायतका रक्षा तथा कल्याण सम्बन्धी मन्त्री एन्ड्रयु रोबाथन सात दिने नेपाल भ्रमणका सिलसिलामा बिहीबार काठमाडौं आउँदै छन्। सन् २०१० को मे मा मन्त्री भएपछि रोबाथनले गर्न लागेको यो पहिलो नेपाल भ्रमण हो। भ्रमणका बेला उनले बेलायत र ब्रिटिस गोर्खा समुदायद्धारा यहाँ सञ्चालित बिभिन्न परियोजनाको अवलोकन गर्ने कार्यक्रम रहेको छ। उनले यहाँ रहेका पूर्व गोर्खा सैनिकसँग पनि भेटघाट गर्ने बिहीबार काठमाडौंस्थित बेलायती दूतावासद्धारा जारी विज्ञप्तीमा जनाइएको छ। नेपाल भ्रमणमा उनले रक्षामन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र सचिव मदनकुमार भट्टराई र प्रधान सेनापति छत्रमानसिंह गुरुङसँग भेटवार्ता...

Last updated on March 23, 2011, 10:28 pm
more
४७ लडाकु एसएलसीमा सहभागी
March 23, 2011, 10:24 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ,चैत्र १०
 चितवनको जुटपानी स्थित पृथ्वी उच्चमावि परीक्षा केन्द्रमा तेस्रो डिभीजनका ४७ जना लडाकु सहभागी एसएलसी दिन विहिबारबाट शुरु भएको परीक्षमा सहभागी भएका छन । उनिहरु सवै पुरक तर्फका विधार्थी हुन । यसवर्ष नियमित तर्फबाट परीक्षामा सहभागी हुने परीक्षार्थी नरहेको डिभिजन स्रोतले जनाएको छ। उनीहरु सबै जनसैन्य खुला शिक्षालयबाट परीक्षामा सामेल भएका हुन् । जिल्ला शिक्षा कार्यालय चितवनबाट फारम भरेका ४२ र भक्तपुरबाट ५ जना गरि ४७ जना परीक्षामा सहभागी हुन लागेका छन् । जसमा ६ महिला सहभागी छन् ।

Last updated on March 23, 2011, 10:24 pm
more
भारतीय जम्बु सांसद टोली नेपाल भ्रमणमा आउने
March 23, 2011, 10:19 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ,चैत्र १०
भारतीय सांसदको जम्बु ११ सदस्यीय टोली नेपाल भ्रमणमा आउने भएका छन् ।भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार उनीहरूले यही चैत १२ देखि १५ सम्म भ्रमण गर्ने छन्। भ्रमणमा प्रिया सुनील दत्त र अखिलेश यादवजस्ता चर्चित सांसदहरू टोलीमा छन्। बलिउड अभिनेता सुनील दत्त र नर्गिसकी छोरी प्रिया दत्त भारतीय राष्ट्रिय कांग्रेस सांसद हुन्।
यादव भने भारतको उत्तर प्रदेश राज्यका प्रभावशाली नेता मुलायम सिंह यादवका छोरा हुन्। भ्रमणमा सहभागी अन्य सांसदमा कमलेश पासवान, संजय जयसवाल, निरज शंकर, श्रुती चौधरी, पारायामपारानबिल कुट्टापन बिजु, कालिकेश नारायणन सिंह देव, बिजु छन्। त्यस्तै अन्य सांसदमा टाकाम संजोय, ओटी लेप्चा, प्रदीप माझी सहभागी हुने छन्।
स्रोतका...

Last updated on March 23, 2011, 10:19 pm
more
भट्टराई पक्ष मजदुरको गुहार
March 23, 2011, 10:14 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ,चैत्र १०
 एकीकृत नेकपा माओवादी पार्टीभित्रको अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम पक्षबीचको गुटले बेला बेलामा चर्चा कमाउने गरेकोछ । प्रचण्ड पक्षले जहिले पनि भट्टराई पक्षाई जहिले पनि दबाबमा राख्दै आएको छ । अहिले प्रचण्ड पक्ष निकट मजदुरहरूले भट्टराई पक्षका मजदुरहरुलाई भौतिक आक्रमण गर्ने चेतावनी दिएको कुरा सञ्चारमाध्यमहरुमा आएका छन् । दाहाल पक्षको मजदुरबाट यस्तो चेतावनी आएकोले बाबुराम भट्टराई पक्षधर मजदुरले सरकार र नेतृत्वसँग सुरक्षाको लागि गुहार माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै अखिल नेपाल होटल तथा रेष्टुराँ मजदुर संघ एभरेस्ट होटल एकाइका अध्यक्ष होम सुवेदीले फरक विचार राखे ज्यान मार्ने धम्की आएको बताए । माओवादीसम्बद्ध...

Last updated on March 23, 2011, 10:14 pm
more
फोरमको सहमतिले लोकतान्त्रिक मोर्चाका नेताहरुको भागदौड
March 23, 2011, 2:16 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वानददाता
काठमाडौं, चैत ९
मधेसी जनाधिकार फोरमको एमाले माओवादीसँगको सहमतिले लोकतान्त्रिक भधनाउदा नेताहरुको दौडादौडी चलेको छ । यतिबेला नेपाली कङ्ग्रेस, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक लगायतका राजनीतिक दलका नेताहरु पूर्व प्रधान मन्त्री सुर्यबहादुर थापाको निवासमा छलफलमा एकत्रित छन्। थापा निवास मालिगाउँमा कङ्ग्रेसका अर्जुननरसिंह केसी, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार लगायतका नेताहरु वैठकमा सहभागी रहेको स्रोतले बताएको छ। खनाल नेतृत्व सरकारसँगै लोकतान्त्रिक मोर्चाको तयारीका लागि दलहरु जुटेका हुन्

Last updated on March 23, 2011, 2:16 am
more
सरकारमा जाने मन्त्रीका टुंगो लगाउन माओवादीको बैठक बस्दै
March 23, 2011, 2:10 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत ९
एमाले। माओवादी र फोरम बीच भएको सहमति लगत्तै नेकपा माओवादीको बैठक आज बूदैछ । बैठकले विस्तार हुने मन्त्रिमण्डलमा क कसलाई पठाउने भन्ने बारे निर्णय गर्न माओवादी स्थायी समितिले जनाएको छ । गृहमन्त्रालय कसलाई दिने र गृहमन्त्री को बन्ने भन्ने बारेको टुंगो पनि आजको स्थायी समितिको बैंठकले गर्ने स्रोतले जनाएको छ ।

Last updated on March 23, 2011, 2:10 am
more
माओवादी, एमाले र फोरमबीच त्रिपक्षीय सहमति
March 23, 2011, 2:02 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वानददाता
काठमाडौं, चैत ९
सत्तारुढ दल एमाले र माओवादी तथा मधेसी जनअधिकारी फोरसबीच त्रिपक्षीय सहमति भएको छ । यो सहमतिले फोरम सरकारमा जाने भएको छ । तीन दलकाका शीर्ष नेताबीच सरकारमा सहभागी हुनेलगागत मूलभूत कुराहरुमा बुधबार बिहान सहमति जुटेको हो। तराई मधेसका समस्या, संविधान निर्माण, शान्ति प्रकृया र सत्ता साझेदारी गरी चार वटा बुंदामा एमाले, माओवादी र फोरमबीच सहमति बनेको हो । सहमति पत्रमा एमाले, माओवादी र फोरमका अध्यक्षहरु क्रमशस् उपेन्द्र यादव, पुष्पकमल दाहाल र झलनाथ खनालले हस्ताक्षर गरेका छन् ।

...
Last updated on March 23, 2011, 2:02 am
more
थुनिटी बैंक प्रबन्धक रामदेव यादवलाई थुनामुक्त गर्ने आदेश
March 23, 2011, 1:57 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वानददाता
काठमाडौं, चैत ९
 मध्यमाञ्चल ग्रामीण विकास बैंकका प्रवन्ध निर्देशक रामदेव यादवलाई ललितपुर जिल्ला अदालतले १ करोड २५ लाख धरौटीमा थुनामुक्त गर्ने आदेश दिएको छ। यादवविरुद्ध जेठमा प्रहरीले ठगी एवं बैंक तथा वित्तिय संस्था ऐन २०६३ अन्तर्गत मुद्दा दायर गरी कारवाही अघि बढाएको थियो। युनिटी लाइफ इन्टरनेशनल अर्न्तगत मध्यमाञ्चल ग्रामीण विकास बैंक सञ्चालनमा आएको थियो ।उनको मुद्दामा २०६७ असार ४ गते ललितपुर जिल्ला अदालतले यादवले बिना इजाजत बैंक संचालन गरी वित्तिय कारोबार गरेको देखिएकाले पुपर्क्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।जिल्ला अदालतको आदेशबाट थुनामा रहेका यादवले पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेका थिए।पुनरावेदनले पनि पुपर्क्षका...

Last updated on March 23, 2011, 1:57 am
more
संविधान जारीको चुनावपछि राष्ट्रपति हट्ने
March 23, 2011, 1:49 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वानददाता
काठमाडौं, चैत ९
संवैधानिक समितिको विवाद समाधान उपसमितिभित्र अर्को विवाद उत्पन्न भएको छ । नयाँ चुनाव नभएसम्म संविधान जारी हुँदाकै राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रिपरिषद् र संवैधानिक अंगका पदाधिकारीलाई निरन्तरता दिने सहमति संवैधानिक समितिको विवाद समाधान उपसमितिले तय गरेको छ। उप समितिका संयोजक तथा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ संविधानको संक्रमणकालीन व्यवस्थाबारेको बुधबारको छलफलपछि सञ्चारकर्मीसँग भने, 'संक्रमणकालीन व्यवस्थाका सबै विवाद समाधान भएको छ।'उपसमिति सदस्य कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलका अनुसार बहाल रहेका राष्ट्रपति र उपराष्ट्रपति, मन्त्रिपरिषद् र संवैधानिक निकाय यथावत हुने, चुनावबाट मात्रै प्रतिस्थापन...

Last updated on March 23, 2011, 1:49 am
more
चिनियाँ सेनापतिको नेपाल भ्रमण भेटघाट कार्यक्रम
March 22, 2011, 9:27 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र ९
प्रधानसेनापति छत्रमानसिंह गुरुङको औपचारिक निमन्त्रणामा १८ सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै चिनियाँ जनमुक्ति सेनाका चिफ अफ जनरल स्टाफ तथा सेन्ट्रल मिलिटरी कमिसनका सदस्य जनरल चेन विङदे तीन दिने भ्रमणमा बुधबार दिउँसो आउँदै छन् । सैनिक जनसम्पर्क निर्देशनालयद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार विङदेलाई अन्तर्राष्ट्रिय विमान स्थलमा बलाध्यक्ष रथी श्री तोरण जंगबहादुर सिंहले स्वागत गर्नेछन् भने सेनाको एक टुकडीले सम्मान गारत प्रदान गर्नेछ । सोही दिन टुँडिखेल सैनिक मञ्चस्थित 'वीर स्मारिका'मा माल्यार्पण गरेपछि उनले सैनिक मुख्यालय जंगीअड्डामा प्रधानसेनापति गुरुङसँग शिष्टाचार भेट गर्नेछन् ।त्यस अवसरमा नेपाली सेनाकोतर्फबाट...

Last updated on March 22, 2011, 9:27 pm
more
झुक्किएर माओवादीमा लागे बाबुराम:के.पी. ओली
March 22, 2011, 8:32 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं , चैत्र ९
नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले बाबुराम भट्टराई झुक्किएर माओवादीमा लागेको बताएका छन्। उनले माओवादीमै लागेका कारण बाबुराम अहिले हैरान भएको समेत युवा संघ नेपाल गोरखाको मंगलबार छैटौ जिल्ला अधिवेशनको उद्‍घटन गर्दै  बताएका हुन्। उनले भने, ‘बोर्ड फस्ट भएकाहरु झुक्किएर माओवादीमा लागेर अहिले हैरान भएका छन्। उनले माओवादीभित्रको आन्तरिक विवादले माओवादी धरासायी भएको र नेताहरु छटपटाउन थालेको दावी गरे। माओवादीले शान्ति, संविधान र विद्रोहका कुरा एकैसाथ गरेकाले माओवादीले शान्ति प्रक्रिया टुंग्याउन र संविधान बनाउन नचाहेको प्रष्ट भएको उनको भनाई थियो। शिविरमा लडाकु, वाइसिएल र अर्धसैनिक दस्ता बनाएको माओवादीलाई गृह...

Last updated on March 22, 2011, 8:32 pm
more
पूर्व प्रधानमन्त्री माधव नेपालको राज्य कोष दुरुपयोगको खुलासा
March 22, 2011, 8:27 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र ९

...
Last updated on March 23, 2011, 2:18 am
more
सर्वोच्च अदालतको चारमहिनापछि पूर्वमन्त्री जोशीले म्याद बुझे
March 22, 2011, 8:20 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं , चैत्र ९
 मंसिर २६ गते प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र कृष्णप्रसाद उपाध्यायको संयुक्त इजलासले जोशीलाई अदालतमा बोलाएको पूर्व मन्त्री गोविन्दराज जोशीले सर्वोच्च् अदालतको आदेश मानेका थिएनन् तर ४ महिनापछि मंगलबार उनले सर्वोच्च अदालतले आदेश दिएको आदेशकोजोशीले मंगलबार म्याद बुझेका छन् । अब उनी १५ दिनभित्र अदालतमा हाजिर हुनुपर्ने छ । जोशीविरुद्धको मुद्दामा उनीबाहेक पाँच जना अन्य प्रतिवादी छन् । उनका छोरा दिनेशराज, चितवन घर भई हाल बत्तीसपुतली बस्ने नीरकुमारी पन्त, वासुदेव पन्त, तानसेन घर भई रूपन्देही सिद्धार्थनगर बस्ने ताराराज पाण्डे र लमजुङ घर भई हाल बानेश्वर बस्ने रामकृष्ण तिवारी अन्य प्रतिवादी हुन् । जोशीले कमाएको अवैध...

Last updated on March 22, 2011, 8:20 pm
more
टोकियोमा नेपाली दूतावास सम्पर्क गठन
March 22, 2011, 8:14 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं , चैत्र ९
जापानमा विकिरणको त्रासमा टोकियोस्थित नेपाली दूतावास ओसाका सरेपछि टोकियोमा एक सम्पर्क समिति गठन हुने भएको छ ।समिति बनाउन मंगलबार आवश्यक तयारी भइरहेको र यसबारे गैरआवासीय नेपाली संघलगायत संस्थासँग परामर्श भइरहेको छ जापानस्थित नेपाली दूतावासले जनाएको छ ।राजदूत गणेश योञ्जन पनि टोकियोबाट ओसाका सरिसकेकाले सन्दर्भमा दूतावासको कूटनीतिक काममा समन्वय गर्न समिति बनाउन लागिएको हो । फुकुसिमा र सेन्दाईबाट उद्धार गरेर ल्याइएका झन्डै दुई दर्जन विद्यार्थीलाई भने गैरआवासीय नेपाली संघ, जापानलगायतले खाद्यान्नसहितका सहयोग गरिरहेका छन् ।ओसाकास्थित अस्थायी नियोगले दिनमा १८ घन्टा काम गरिरहेको र भिसा, ट्राभल डकुमेन्ट, पासपोर्टलगायत...

Last updated on March 22, 2011, 8:14 pm
more
[ First ] [ Prev ] 1  |  2  |  3  |  4  |  5  |  6  |  7  |  8  |  9  |  10  |  11  |  12  |  13  |  14  |  15  |  16  |  17  |  18  |  19  |  20 [ Next ] [ Last ]

Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More