Nepali News
Search Search by Search in
आयोग गठनबारे दलहरूको कुरा मिलेन
March 15, 2011, 10:14 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत २
 संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलको मंगलबारको बैठकले राज्य पुनर्संरचना समितिले तयार गरेको प्रतिवेदनलाई संवैधानिक समितिमा पठाउने निर्णय गरे पनि बैठकमा विवादित विषयबारे समितिले नै छलफल गर्ने कि छुट्टै आयोग गठन गर्ने भन्ने विषयमा दलहरूबीच राय बाझेको छ।माओवादी र मधेसवादी नेताले अब समय धेरै बाँकी नरहेकाले आयोग गठन नगरी समितिबाटै छलफल टुंग्याउनुपर्ने बताएका छन्। तर कांग्रेस नेताहरूले भने प्रतिवेदन संवैधानिक समितिमा पठाउने सहमति गरे पनि संवैधानिक र व्यावहारिक रूपले राज्य पुनर्संरचना आयोग गठन आवश्यक भएको अडान लिएका थिए।
राज्य पुनर्संरचनाबाहेक अन्य विषयगत समितिको प्रतिवेदन संवैधानिक समितिमा गइसकेको छ।

Last updated on March 15, 2011, 10:14 pm
more
१५ सालको ऐनकै आधारमा जनगणना कार्यविस्तार
March 15, 2011, 8:49 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं,चैत्र २
एघारौं राष्ट्रिय जनगणना तयारी 'तथ्याङ्क ऐन, २०१५' कै आधारमा हुँदैछ । दुई वर्षदेखि नयाँ ऐनको मस्यौदा निर्माण गरी कानुन मन्त्रालय, अर्थ मन्त्रालय र योजना आयोगमा बुझाइएको थियो । 'प्रस्तावित तथ्याङ्क ऐन तयार भएको वर्षदिनभन्दा बढी भयो', तथ्याङ्क विभागका उपमहानिर्देशक विष्टले भने, 'अर्थ, कानुन मन्त्रालय र योजना आयोग घुमिरहेको छ ।  मन्त्रिपरिषद्बाट संसदसम्म पुर्‍याउने काम भएको छैन ।'केन्द्रीय तथ्याङ्क विभागले मंगलबारदेखि सबै जिल्लामा जनगणना कार्यालय विस्तार गरेको छ । राष्ट्रिय जनगणना २०६८ को कार्यतालिकाअनुसार देशभरि ८० कार्यालय विस्तार गरिएको हो ।
कार्यालय विस्तारसँगै जनगणना प्रक्रिया सुरु भएको विभागका उपमहानिर्देशक विकास...

Last updated on March 15, 2011, 8:49 pm
more
जनदिशा दैनिक अनिश्तिकालका लागि बन्द
March 15, 2011, 8:45 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं,चैत्र २
एकीकृत माओवादीको लगानीमा सञ्चालित जनदिशा दैनिकु बुधबारदेखि अनिश्चितकालका लागि बन्द हुने भएको छ। पार्टीले आर्थिक सहयोग बन्द गरेर अन्य पत्रिकामा लगानी गरेकाले पत्रिका संकटमा परेको स्रोतले बताएको छ।
कृष्णसेन स्मृति प्रकाशन प्रालिका नाममा दुई पृष्ठ रंगीनसहित ८ पृष्ठको टेब्लोइड मंगलबारसम्म प्रकाशन हुँदै आएको थियो। कृष्णसेनकै नाममा ०५८ सालमा दर्ता भएको उक्त दैनिक माओवादी शान्तिप्रक्रियामा आएपछि पुनः प्रकाशनमा आएको थियो।
ुव्यवस्थापन चुस्त, दुरुस्त बनाउन र नयाँ ढंगले सकेसम्म ब्रोडसिटमा जाने तयारीका लागि प्रकाशन स्थगित गरेका हौँ,ु प्रालिका अध्यक्ष महेश्वर दाहालले भने। पत्रिकामा १ सय ५० जना बढी पत्रकार, कर्मचारी र...

Last updated on March 15, 2011, 8:45 pm
more
सबै बैंकले राजाको तस्बिर भएको नोट साट्ने
March 15, 2011, 8:40 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं,चैत्र २
राजाको तस्वीर भएका नोटहरु नचल्ने समाचारले सर्वसाधारणहरु अन्योलमा परे । चैत्र १ बाट तोकेको बैंक बाहेक कसैले पनि राजाको तस्वीर भएको नोट नलिन राष्ट बैंकले निर्देशन नै  गर्यो तर यसबाट सर्वसाधारणले कति सास्ती खेप्नुपर्छ केन्द्रिय बैकले वास्ता गरेन । नोट साट्नका लागि सर्वसाधारणले खेप्नुपरेको सास्ती दबाबकै रुपमा देखापर्यो।
यसबाट उपभोक्ताको आक्रोश जताततै खनिएपछि नेपाल राष्ट्र बैंकले बुधबारबारबाट राजाका तस्बिर अंकित नोट साट्ने काउन्टरहरु बढाएको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार बजारमा हाल १० अर्ब २६ करोड रुपैयाँबराबरका राजाका तस्बिर अंकित नोट छन्। तीमध्ये मंगलबारमात्र १ अर्ब नोट फिर्ता आइसकेको छ।बैंकहरूका अनुसार एक वर्ष...

Last updated on March 15, 2011, 8:40 pm
more
पारस शाह तारेख लिन चितवन नजाने
March 15, 2011, 8:28 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र २

...
Last updated on March 15, 2011, 8:28 pm
more
अख्तियारद्वारा श्रम सहचारी नियुक्तिको निर्णय रद्द
March 15, 2011, 6:36 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १

...
Last updated on March 15, 2011, 6:36 am
more
माओवादीको जनस्वंय सेवक युवा दस्ता आज सार्वजनिक
March 15, 2011, 2:12 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ, चैत्र १
माओवादीले अर्को जनस्वंय सेवक परिचालन ब्यूरो नामक युवा दस्ता आज सार्वजनिक गर्ने जनाएको छ । मंगलबार पार्टी कार्यालय केटश्वरमा एक कार्यक्रमकाबीच सार्वजनिक गर्ने ब्यूरोका संयोजक स्थायी समितिका नेत्रविक्रम चन्द तोकिएका छन् ।
पार्टी भित्रका र बाहिरका सबैलाई अटाउने गरी स्वंय सेवक परिचालन गरिने चन्दले उल्लेख गरे । जन विद्रोहको कार्यनीति सफल पार्ने माओवादीको रणनीति अनुरुप स्वयंसेवक परिचालन गरिन  लागेको अन्य दलको आरोप उनले खण्डन गरेका छन् । जनराष्ट्र र समाज सेवाका लागि  गठन गर्न लागिएको ब्यूरोबारे आशंका नपाल्न उनले आग्रह गरे ।
ब्यूरोले युद्धकालमा  ध्वस्त भएका भौतिक संरचनाको समेत पुनः निर्माण गर्ने उनले दावी गरे । संगठनात्मक...

Last updated on March 15, 2011, 2:13 am
more
धेरै नाचेर गिनिज बुकमा रेकर्ड राख्यो 'मुन्नी बदनाम हुई' ले
March 15, 2011, 12:03 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १

...
Last updated on March 15, 2011, 12:03 am
more
पूर्वमहानिरीक्षक गुरुङ अख्तियारमा
March 14, 2011, 9:15 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १
सुडान घोटालामा मुछिएका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमबहादुर गुरुङ सोमबार बयानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गएका छन् । यस अघि बयान लिन आयोगले बोलाउँदा गुरुङ विभिन्न बहाना बनाउँदै गएका थिएनन् । पूर्वप्रहरी प्रमुख ओमविक्रम राणाको बयान सकिएपछि आयोगले गुरुङलाई बयानका लागि बोलाएको थियो । गुरुङले सोमबार दिनभर बसेर लिखित बयान दिएका छन् । बयान नसकिएकाले उनलाई मंगलबार पनि बोलाइएको स्रोतले जानकारी दियो । लगत्तै आयोगले प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी र सामान आपूर्ति गर्ने स्थानीय एजेन्ट शम्भु भारतीको बयान लिने तयारी गरेको छ । सुडानका लागि एपीसी किन्ने क्रममा पूर्वप्रहरी महानिरीक्षक गुरुङले छ महिने कार्यकालमा...

Last updated on March 14, 2011, 9:15 pm
more
न्युजिल्यान्डको यात्रा क्वाटरफाइनलमा
March 14, 2011, 9:07 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १
 विश्वकप क्रिकेट २०११ को क्वाटरफाइनलको यात्रा न्युजिल्यान्डले आइतबार गरेको छ । समूह ए मा रहेको न्युजिल्यान्डले क्यानडालाई ९७ रनले हरायो । ब्रेन्डन म्याकलमको शतकीय इनिङमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेट क्षतिमा ३ सय ५८ रन जोडेको थियो । म्याकलमले १ सय १ रन बनाए । जवाफमा कप्तान आशिष बगाईले ८४ रन योगदान गरे पनि क्यानडाको हार टार्न सकेनन् । क्यानडाले ९ विकेट क्षतिमा २ सय ६१ रनमात्र जोड्न सक्यो । उसका जिमी हन्सराले नटआउट ७० रन बटुले । हन्सरालाई चोटले सताएपछि रिटायर्ड हर्ट भएका थिए ।
त्यसअघि म्याकलमले ९५ रन जोड्दै वान(डे क्रिकेटमा ४ हजार रन पूरा गरे । शतक प्रहार गरेका म्याकलमले १ सय ७ बलमा १२ चौका र २ छक्का हाने । उनी ३७ औं ओभरमा...

Last updated on March 14, 2011, 9:07 pm
more
'छोडी गए पाप लाग्ला'लाई ५ अवार्ड
March 14, 2011, 9:03 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १
फिल्म 'छोडी गए पाप लाग्ला'ले शनिबार सम्पन्न चौथो नेफ्टा फिल्म अवार्डमा महत्त्वपूर्ण पाँच विधामा उत्कृष्ट ठहरिँदै पाँच अवार्ड हात पार्‍यो । झन्डै छ महिनाअघि सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कारमा समेत यसले उत्कृष्ट फिल्म, निर्देशन सहितका सात अवार्ड हात पारेको थियो । झन्डै चार घन्टा चलेको अवार्ड वितरण कार्यक्रममा ३१ विधाका लागि २८ फिल्म भिडेका थिए । नेपाल चलचित्र प्राविधिक संघले तराई टेलिभिजनसँगको सहकार्यमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा छायाकार श्याममोहन श्रेष्ठ र प्रोडक्सन कन्ट्रोलर नारायणध्वज पन्तलाई लाइफटाइम एचिभमेन्ट अवार्डले सम्मानित गरियो । 'मनको बाँधु हुँदै लगभग ५० फिल्ममा काम गरिसकेका पन्त र 'कुमारी'बाट...

Last updated on March 15, 2011, 12:13 am
more
लापर्वाह गर्ने चिकित्सकलाई कारवाही गरः सञ्चारकर्मी
March 14, 2011, 8:50 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १
जनकपुर अञ्चल अस्पतालमा शल्यक्रिया गरी बच्चा निकाल्दा डा।सुरेन्द्र कर्णले स्थानीय सञ्चारकर्मी विकासकुमार साहकी पत्नी तृष्णा साहको पेटभित्रै ट्रेटा छाडेकालेचिकित्सक विरुद्ध जनकपुर स्थित सञ्चारकर्मीहरु आन्दोलित भएका छन्।
तृष्णा साहका पेटको घाउ विस्तार हुन थालेपछि विशेष उपचारकालागि धरान स्थित विपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्दा त्यहाँ स्थित चिकित्सकले यस अघि शल्यक्रिया गर्दा उनको पेटमै ट्रेटा छोडिएको बताएपछि यहाँका सञ्चारकर्मीहरु थप आक्रोशित भएका छन्। मानवको संवेदनशिल जीवनसित खेलवाड गर्ने चिकित्सकलाई निलम्बन गरी कानुन अनुसारको कारवाही र बिरामीको उपचारमा अहिलेसम्म खर्च भएको तथा पुर्ण...

Last updated on March 14, 2011, 8:50 pm
more
आनन्दीदेवी सिंहको निधनः प्रधानमन्त्रीद्वारा समवेदना
March 14, 2011, 8:42 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)का मानार्थ अध्यक्ष आनन्दीदेवी सिंहको दुःखद निधन भएको छ ।आनन्दीदेवीको निधनप्रति प्रधानमन्त्री झलनाथ खनालले दुःख व्यक्त गर्दैशोक बक्तब्य जारी गर्नुभएको छ । बक्तब्यमा प्रधानमन्त्रीले सिंहको निधनले मधेसका महिलाहरूको राजनीतिमा सहभागिता, सचेतनता र जागरण अभियानमा क्षति पुर्‍याएको बताउनुभएको छ ।  नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहकी पत्नी सिंहको सोमबार राजविराजस्थित सप्तरी सेवा आश्रम निधन भएको हो । आफ्नो सन्तान नभएकी सिंह केही समययता भतिजासँग बस्दै आएकी थिइन् ।
‘सद्भावना ९आनन्दीदेवी०को नेतृका हैसियतले २०६२र६३ को शान्तिपूर्ण जनक्रान्ति उठाउने पृष्ठभूमि तयार गर्न...

Last updated on March 14, 2011, 8:42 pm
more
प्रधानमन्त्री भेट्न,परराष्ट्रको स्वीकृति
March 14, 2011, 2:32 am, Filed under Nepali News

 

...
Last updated on March 14, 2011, 2:32 am
more
जापानको परमाणु प्लान्टमा अर्को विस्फोट
March 14, 2011, 2:19 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन ३०
जापानको भूकम्पप्रभावित फुकुसिमा दाइची परमाणु ऊर्जा प्लान्टमा सोमबार बिहान अर्को विस्फोट भएको छ। विस्फोटबाट ३ जना घाइते भएको र ७ जना बेपत्ता रहेको एपीले जनाएको छ। सरकारका प्रवक्ताले हाइड्रोजनका कारण विस्फोट भएको र त्यसबाट पर्खाल भत्किए पनि विकिरण फैलने गरी मुख्य स्थान विस्फोट नभएको बताएका छन्। यद्यपि विस्तृत विवरण आउन बाँकी छ।सो प्लान्टको ३ नम्बरको रियाक्टरमा आज बिहान विस्फोट भएको हो। परमाणु प्लान्ट नजिकै बस्ने हजारौँ बासिन्दालाई उद्धारकर्मीहरुले सुरक्षित स्थानमा सारिसकेका छन्। यसअघि भएको विस्फोटबाट निस्किएको विकिरणको प्रभाव परेका कम्तिमा २२ जनालाई उपचार गरिएको छ।

Last updated on March 14, 2011, 2:19 am
more
राजाको फोटो भएका नोटको कारोबार नगर्न राष्ट्रबैँकको निर्देशन
March 14, 2011, 1:51 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन ३०
नेपाल राष्ट्र बैंकले मङ्गलबारदेखि राजाका फोटो भएका नोटको कारोबार नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। बैंकले कात्तिकको पहिलो साता पाँच महिनाभित्र राजाका फोटो भएका तथा झुत्रा नोट विस्थापित गर्ने निर्णय गरे अनुरूप सो निर्देशन दिएको हो। चल्तीमा रहेका नेपाली रुपैयाँको सुरक्षाका लागि पूर्वराजाको फोटो भएका नोट र अन्य झुत्रा नोट हटाउन लागेको भन्दै बैंकले सर्वसाधारणलाई आजसम्म आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थामा नोट साट्न आग्रह गरेको छ।
राष्ट्र बैंकले मङ्गलबारदेखि राजा भएको नोट अन्य बैंक तथा वित्तीय संस्थाले साटेमा त्यसको सट्टाभर्ना दिन आफू बाध्य नहुने जनाएको छ।
तीन पटकभन्दा बढी प्रयोग भएका नोट...

Last updated on March 14, 2011, 1:51 am
more
फोरम सरकारमा जाने/फोरमका अध्यक्ष यादव र प्रमबीच वार्ता
March 14, 2011, 1:36 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन ३०
मधेशी जनअधिकार फोरम सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागीताका लागि फोरमका अध्यक्ष उपेन्द्र यादव र प्रधानमन्त्री झलनाथ खनालबीच सोमबार काठमाडौँमा वार्ता हुँदैछ। सरकारका उप-प्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले सरकारमा आउन फोरमले इच्छा देखाएपछि प्रधानमन्त्रीसँग कुराकानी भइरहेको जानकारी दिएका छन्। ‘फोरम अध्यक्ष उपेन्द्रजीसित विराटनगरमै आइतवार मेरो कुराकानी भयो-एमाले मोरङले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अधिकारीले भने,‘उहाँले सरकारमा आउन इच्छा देखाएपछि मैले हिजै प्रधानमन्त्रीजीलाई जानकारी गराइसकेँ। अधिकारीका अनुसार सोमबार दिउँसो काठमाडौँमा प्रधानमन्त्री र फोरम अध्यक्ष यादवबीच सरकारमा...

Last updated on March 14, 2011, 2:16 am
more
संस्थापनप्रति आक्रोशित :भीमसेन थापाझैं सेरिन तयार छु
March 14, 2011, 1:29 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन ३०
बाधा खेप्दै आएका भट्टराई राम्रो काम गर्दै जादा र सत्य स्पष्ट बोल्दै जाँदा संस्थापन पक्षबाटै बाधा झेल्दै आएका माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले राम्रो काम गर्दा गल्ती हुन्छ भने आफू भीमसेन थापाझैं सेरिएर मर्न तयार रहेको बताएका छन् । गोरखा जिविस परिषद्को घोषणासभामा आइतबारको कार्यक्रममा संस्थापन पक्षका कार्यकर्ताले प्रमुख अतिथि आफू हुन लागेको कार्यक्रममा गुटबन्दी र बन्देजको राजनीतिक गरेकाले भट्टराई आक्रोशित भएर यस्तो बिचार सार्वजनिक गरेका हुन् । आक्राशित मुद्रामा भट्टराईले भनेुतपाईंहरूकै नाममा काम गर्दागर्दै बाबुराम पनि त्यस्तै होस् भन्ने चाहनुहुन्छ ? जिल्लाका कांग्रेस, एमाले कार्यकर्ताले समेत आफ्ना कामको...

Last updated on March 14, 2011, 1:46 am
more
लिबियाबाट नेपाली फर्कन चाहेनन्
March 13, 2011, 7:24 pm, Filed under Nepali News


नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन ३०
आन्दोलनग्रस्त लिबियाबाट सबै नेपालीहरु सुरक्षित उद्दार भएको इजिप्टस्थित नेपाली दूतावासले जनाएको छ ।४ जनाबाहेक सबै नेपाली सकुशल बाहिरिएका छन् । तर ३जना नेपाली स्वदेश फर्कन नचाहने र सम्पर्क बाहिर रहेका एक जना मात्रै नेपाली बाँकी छन् ।
इजिप्टको कायरोस्थित नेपाली दूतावासका अनुसार सबै नेपाली कामदारको सकुशल उद्धार भएको छ । उद्धार हुन नसकेका मिस्रौटामा रहेका ४२ जना कामदार भारतीय दूतावासको सहयोगमा आइतबार स्वदेश आइपुगेका छन् । बेंघाजीबाट १० जना कामदार सकुशल लिबियाबाट बाहिरिसकेका छन् । त्रिपोलीबाट ट्युनिसिया पुगेका ७३ जना पनि स्वदेश आइसकेको छ ।
आन्दोलनमा फसेका कामदार उद्धार गर्न ट्युनिसिया पुगेका इजिप्टको कायरोस्थित...

Last updated on March 13, 2011, 7:24 pm
more
'सातबुँदे सहमति तुहिँदैन'-माओवादी सभासद गोपाल किराँती
March 13, 2011, 7:18 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन ३०

...
Last updated on March 13, 2011, 7:18 pm
more
[ First ] [ Prev ] 1  |  2  |  3  |  4  |  5  |  6  |  7  |  8  |  9  |  10  |  11  |  12  |  13  |  14  |  15  |  16  |  17  |  18  |  19  |  20 [ Next ] [ Last ]

Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More