|
|
Nepali News
- ल्हासामा अमेरिकी दूताबास खोल्न बेइजिङमाथि दबाब
- April 2, 2011, 8:33 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, चैत्र २० अमेरिकीलगायत् पश्चिमा नागरिकलाई प्रवेशमा समेत कडाई गरिएको तिब्बतको राजधानी ल्हासामा कूटनीतिक नियोग स्थापनाका लागि पहल गर्न अमेरिकाको परराष्ट्र समितिले आफ्नो सरकारसँग माग गरेको छ। तिब्बत पनि चीनको अरु भूभाग जस्तै खुल्ला हुनुपर्छु भन्दै समितिले अमेरिकालाई यसका लागि चीनमाथि दबाब बढाउनु आग्रह गरेको हो। ल्हासामा कन्सुलेट स्थापना गर्ने अनुमति दिनका लागि चीनलाई दबाब दिन आवश्यक भएको उनीहरुको भनाइ छ। चीनको स्वशासित प्रदेश तिब्बतको राजधानी ल्हासामा अहिले नेपालको मात्र वाणिज्य दूताबास छ। तिब्बतको सुरक्षा संवेदनशीलता देखाउँदै बेइजिङले अन्य देशलाई ल्हासामा कूटनीतिक नियोग सञ्चालन गर्ने अनुमति दिएको छैन। तिब्बतको सबभन्दा...
- Last updated on April 2, 2011, 8:33 pm
- more
- क्रिकेटको उपाधी भारतलाई
- April 2, 2011, 8:28 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, चैत्र २० २८ वर्षपछि विश्वकप क्रिकेटको उपाधि भारतले हात पारेको छ । मुम्वईमा भएको फाइनलमा भारतले श्रीलंकामाथि ६ विकेटको जित दर्ता गर्यो । भारतले यस अघि सन् १९८३ मा विश्वकप जितेको थियो । पहिले ब्याटिङगरेको श्रीलंकाले ६ विकेट क्षतिमा २ सय ७४ रन बनायो । उसकालागि महेला जयवद्धर्नेले नटआउट १ सय ३ रन बनाए । प्रत्युत्तरमा भारतले १० बल अघिनै ४ विकेट गुमाउदै २ सय ७७ रन बनायो । भारतीय कप्तान महेन्द्रसिंह धोनीले विजयी छक्का प्रहार गरेका थिए । उनी ९१ रनमा नटआउट रहे । त्यस्तै युवराज सिंह २१ रनमा अन्तिमसम्म क्रिजमा रहे । भारतका लागि गौतम गम्भिरले ९७ रनको योगदान दिए । फाइनलमा पराजित श्रीलंकाले पनि सन् १९९६ मा विश्वकप जितेको थियो ।
- Last updated on April 2, 2011, 8:28 pm
- more
- दाहाल खनालको भारत दौड खनाल पहिले
- April 2, 2011, 8:23 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, चैत्र २० नयाँदिल्लीमा राजनीतिक भेटवार्ता गर्ने होडमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री खनालको दौड अगाडी बढेको छ तर दाहालको इच्छा तत्काल पूरा नहुने लक्षण देखिएको छ । उच्च राजनीतिक तहमा छलफलका लागि उनलाई निम्त्याउन यहाँ भइरहेका प्रयासप्रति भारत सरकार सकरात्मक भए पनि दाहालभन्दा अघि उनको समर्थनमा प्रधानमन्त्री बनेका झलनाथ खनाललाई रातो कार्पेट बिछ्याउने संकेत नयाँदिल्लीले दिएको छ । यही मार्च महिनाभित्र दाहाललाई नयाँदिल्ली निम्त्याउन विपक्षी जनता दल युनाइटेडका अध्यक्ष एवं प्रभावशाली नेता शरद यादवले निकै पहिलेदेखि प्रयास गर्दै आएका थिए । प्रचण्डजीलाई यहाँ बोलाउनुअघि झलनाथजीलाई निम्त्याउने र भारत(नेपाल सम्बन्धबारे...
- Last updated on April 2, 2011, 8:23 pm
- more
- कन्सर्टबाट २२ करोड संकलन,अनलाइनमार्फत खातामा ६८ लाख
- April 2, 2011, 8:15 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, चैत्र २० विश्वचर्चित हङकङेली एक्सन नायक जेकी चेनको सकृयतामा शुक्रबार साँझ आयोजित कन्सर्टको तीन घण्टाभित्रै २ करोड ४० लाख हङकङ डलर ९करिब बाइस करोड रुपैयाँ० संकलन भएको छ । भूकम्प र सुनामी पीडित जापानी नागरिकहरुका सहयोगार्थ उक्त कार्यक्रम आयोजित थियो । कन्सर्टमा स्थानीय नायक तथा गायक जेकी चेन ,एण्डी लाउ, जापानी प्रख्यात गायक मासातोयो नाकामुरा लगायत हङकङ, चीन, र दक्षिण कोरियाका १७३ कलाकारहरु सहभागी थिए । टेलिभिजन र रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको कन्सर्टमा आधा घण्टाभित्रै अनलाइनमार्फत खातामा ६८ लाख हङकङ डलर जम्मा भएको आयोजकले बताएका छन् । ुलभ वियोन्ड बोर्डस ३र११(९सिमापारिको माया०ु शिर्षक जुराइएको कन्सर्ट सकिदासम्म उक्त रकम २ करोड...
- Last updated on April 2, 2011, 8:15 pm
- more
- तोकिएकै समयमा संविधान जारी हुन्छः गंगा तुलाधर
- April 2, 2011, 8:07 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, चैत्र २० मदनपोखराको शारदा उच्च माविमा आयोजित हिरक महोत्सवमा आएका मन्त्री तुलाधारले सार्थक शान्ति र संविधान समयमै जारी हुने बताएका हुन् । उनले विभिन्न समितिमा देखिएका सानातिना मतभेद हट्ने बताउदै सबैदल सरकारमा आउने पक्का भएकोले नयां संविधान पनि समयमै हुने बताए । सबैजनता ढुक्क भएहुन्छ समयमै संविधान जारी हुन्छ उनले भने, राष्टिय सहमतिको सरकारको समेत पहल भएकोले संविधान आउनेमा सबै ढुक्क हुनुहोस् ।उनले नेपाली कांग्रेसलाई समेत सरकारमा सहभागी बनाएर तोकिएको समयमा संविधान जारी गर्ने प्रक्रिया अगाडि बढाईएको समेत बताए । राष्टिय सहमतिको यात्रालाई यो सरकारले पुरा गर्नेछु उनले भने, द्धन्द्धलाई निवारण गर्नको लागि पनि यो सरकारले महत्वपुर्ण काम...
- Last updated on April 2, 2011, 8:07 pm
- more
- नेविसंघ अध्यक्ष पौडेलले राजीनामा दिए
- April 2, 2011, 10:01 am, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, चैत्र १९ नेपाल विद्यार्थी संघका अध्यक्ष प्रदीप पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा शनिबार पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएका हुन् ।नेविसंघ विघटनको विषयलाई लिएर कांग्रेस केन्द्रीय समितिमा बहस भइरहेकाबेला पौडेलको राजीनामा आएको हो । राजीनामा दिएपछि विवाद अन्त्यका लागि सहज वातावरण बन्ने पौडेलले बताए । कांग्रेस अधिकांश सदस्यहरु नेविसंघ विघटनको पक्षमा छैनन् । राजीनामापछि भने विघटनको बाटो सहज भएको अनुमान गरिएको छ ।
- Last updated on April 2, 2011, 10:01 am
- more
- छुट्टाछुट्टै विस्फोटमा ४ को मृत्यु
- April 2, 2011, 9:58 am, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, चैत्र १९ डोल्पा र हुम्लाका छुट्टाछुट्टै विस्फोटमा परी ४ जनाको ज्यान गएको छ। बम विस्फोटमा ज्यान गुमाउनेमध्ये २ बालबालिकासमेत छन्।शनिबार बिहान साढे ७ बजे डोल्पा सदरमुकाम दुनै(५ मा रहेको अकलबहादुर शाहीको घरमा विस्फोट हुँदा उनकी पत्नी गौरी २७ वर्षीया छोरी चाँदनी चन्दको मृत्यु भएको हो।
चाँदनीको घटनास्थलमै र गौरीको उपचारका क्रममा जिल्ला अस्पताल दुनैमा मृत्यु भएको प्रहरीले जनाएको छ। बैतडीमा विवाह भएकी चाँदनी माइत आएकी थिईन। विस्फोटमा परी उनको शरीर क्षतविक्षत भएको थियो भने गौरीको हातखुट्टा चुँडिएको थियो।
घटनाका बेला शाही घरमा थिएनन्। घरबाहिर बसी चिया पिउँदै गरेका अवस्थामा छिमेकी हिमाल शाही बेहोस छन्। उनको जिल्ला अस्पताल दुनैमा उपचार...
- Last updated on April 2, 2011, 9:58 am
- more
- राष्ट्रसंघ महासचिव नेपाल आउने
- April 2, 2011, 9:56 am, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, चैत्र १९ संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले आफू चाँडै नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गरेका छन् । शनिबार प्रधानमन्त्री झलनाथ खनाललाई टेलिफोन गरी महासचिव मुनले नेपाल आउने इच्छा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । महासचिव मुनले आफू चाँडै नेपाल भ्रमणमा आउने इच्छा राख्दै नेपालको शान्ति प्रक्रियालाई सफल बनाउन राष्ट्र संघ हरप्रकारको सहयोग उपलब्ध गराउन तयार रहेको बताए । टेलिफोन संवादमा महासचिव मुनले नेपालको शान्ति र संविधान निर्माणको प्रक्रियामा भइरहेको प्रगतिकाबारे जिज्ञासा राख्दै भने, तपाईंको नेतृत्वको सरकारकै कार्यकालमा यी काम पूरा होउन्, मेरो हार्दिक शुभकामना । प्रधानमन्त्री खनालले मुलुकमा...
- Last updated on April 2, 2011, 9:56 am
- more
- कङ्ग्रेस र मधेसी दलको सहमति बिनाको संबिधान असम्भव: राष्ट्रपति
- April 2, 2011, 9:52 am, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, चैत्र १९ कङ्ग्रेस र मधेसवादी दलहरुको सहमति सहकार्य र साथ बिनाको संबिधानको कुनै अर्थ नहुने राष्ट्रपति डा। रामवरण यादवले बताएका छन् ।दुई तिहाई बहुमतबाट संविधान जारी गराउने योजना कुनै पनि हालतमा उपयुक्त नहुने राष्ट्रपतिले उद्घोष गरेका छन्। रिपोर्टर्स क्लबको १३ औं वार्षिकोत्सवको अवसरमा देशभरबाट आएका शाखा पदाधिकारीको टोलीलाई राष्ट्रपति यादवले यस्तो बताएका क्लबले पठाएको वक्तव्यमा उल्लेख छ। आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न जारी शान्ति प्रक्रिया र संविधान लेखन कार्यलाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले त्यसका लागि मुलुकका प्रमुख चार राजनीतिक शक्तिबीच सहमति र सहकार्य हुनुपर्ने बताएका थिए। ुसंविधान...
- Last updated on April 2, 2011, 9:52 am
- more
- विश्वकप क्रिकेटमा चालबाजी मार्दे भारत र श्रीलंका
- April 2, 2011, 9:46 am, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, चैत्र १९ भारत र श्रीलंकाले यसपटकको विश्वकप क्रिकेटको पकड कसिरहेका छन् ।विश्वकप क्रिकेट फाइनलमा शनिबार भिड्न लागेका भारत र श्रीलंकाबीच चालबाजी नै चल्ने पक्कापक्की छ ।दक्षिण एसियाबाट दुवै टिम फाइनल पुगेको यो पहिलोपालि हो । दुवैले यस्तै फाइनल तीनपल्ट खेलेका छन् । भारतका कप्तान महेन्द्र सिंह धोनी र श्रीलंकाका कुमार संगकारा विकेट किपर हुन् । दुवैको पोल्टामा उपाधि एकरएकपल्ट मात्र गएको छ । सन् १९८३ को च्याम्पियन भारत २००३ मा पनि फाइनलमा पुगेको थियो । श्रीलंकाले १९९६ मा विश्वकप जित्यो र अघिल्लो संकरणमा फाइनल खेल्यो । पहिलो फाइनल यात्रामा उपाधि जित्ने समानता पनि छ । अझ अर्को समानता फाइनलपछि दुवैका प्रशिक्षकले टिम छाड्दै छन्, भारतका ग्यारी...
- Last updated on April 2, 2011, 9:46 am
- more
- अफगानिस्तानको आक्रमण ४ नेपाली सुरक्षा गार्डको मृत्यु
- April 1, 2011, 8:14 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौं, चैत्र १९ अफगानिस्तानको पछिल्लो आक्रमणमा ४ नेपाली सुक्षा गार्डको मृत्यु भएको छ । आक्रमण उत्तरी शहर मजारे सरिफस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा भएको थियो । आक्रमणमा कम्तिमा ४ नेपाली सुरक्षा गार्ड सहित १२ जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपाली विस्तृत विवरण प्राप्त भएको छैन । अमेरिकाको फ्लोरिडमा २० मार्च ढचैत ६ण् मा एक पादरीले मुस्लिम धर्माबलम्बीको पवित्र ग्रन्थ कुरान जलाएको विरोधमा निस्केको शान्ति पुर्ण जुलुस हिंसात्मक भएपछि राष्ट्र संघीय कर्मचारी, सुरक्षा गार्ड र प्रदर्शनकारीको मृत्यु भएको हो । प्रार्थनापछि शान्तिपुर्ण रुपमा विरोध गरेको जुलुसबाट केही प्रदर्शनकारीले एक्कासी राष्ट्र संघको भवनमा ढुंगा मुढा, तोड(फोड र...
- Last updated on April 1, 2011, 8:14 pm
- more
- परीक्षा दिदा दिदै सुत्केरी
- April 1, 2011, 8:08 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौं, चैत्र १९ एसएलसी प्रेवेशिका परिक्षामा सहभागी बाजुराको कुल्देवमाण्डौं गाविस-६ झालीकी एक परिक्षार्थी शुक्रवार विहान परीक्षा केन्द्रमै बच्चा जन्माएकी छिन् । भानोदय उच्च माध्यामिक विद्यालयमा परीक्षा केन्द्र रहेको टाँटे परीक्षा केन्द्रमै उनले छोराको जन्म दिइएकी हुन् । उनी भानोदय उमाबिमै अध्यनरत नियमित तर्फ ०७९१४४३ सिम्बल नम्बर भएकी परीक्षार्थी कटुवाल सूत्केरी भएपछि अन्तिम दिन सञ्चालित स्वास्थ्य बिषयको परीक्षा कक्षा ९ मा अध्ययनरत बहिनी मञ्जु कटुवालले दिएको सहकेन्द्राध्यक्ष दल बहादुर रौलेले बताए । कटुवालले परीक्षा सञ्चालन भएको केही समयमै बच्चालाई जन्म दिएकी थिइन् । परीक्षा शुरु भएको एक घण्टा बित्दा उनले छोरा जन्माईन् ।...
- Last updated on April 1, 2011, 8:08 pm
- more
- वाक युद्धमा बाबुराम
- April 1, 2011, 7:57 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौं, चैत्र १९ विचारको स्वतन्त्र युमा माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले आफ्नो दौडाहालाई नरोक्ने जनाएका छन् । ७५ अैं जिल्ला भ्रमण पूरा गरिसकेका भट्टराई जुन जिल्ला जान्छन्, उनको समर्थकहरुको बलियो साथ उत्तिकै पाउने गरेका छन् र राजनीतिक शक्ति प्रदर्शन हुने गर्छ । बुधबार दोलखामा उनले त्यस्तै गरे । सयभन्दा बढी मोटरसाइकल र दुई दर्जन गाडीको स्कर्टिङमा चरिकोट पुगेका भट्टराईले चेतावनीको शैलीमा भने, प्रेसर कुकरको हावा थुन्यो भने के हुन्छ उनले पार्टीभित्र विचारको बहस हुन नदिए विस्फोट हुने बताए । यसको अर्थ हो, उनी पार्टीभित्र कडा रूपमा प्रस्तुत हुने मनस्थितिमा पुगिसकेका छन् । निकट नेताहरूका अनुसार उनले पार्टी आफ्नै लाइनु मा अघि बढेकाले...
- Last updated on April 1, 2011, 7:57 pm
- more
- संसद भवनमा कांग्रेसको तगारो
- April 1, 2011, 6:35 am, Filed under Nepali News
नेपाल होराइजन्स सम्वददाता काठमाडौ, चैत्र १८ अर्थसचिव रामेश्वर खनाल राजीनामा प्रकरणलाई उठाएर सो बारेमा प्रधानमन्त्री झलनाथ खनालले स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै कांग्रेसले शुक्रबार पनि संसद भवनमा अवरोध सिर्जना गरेका छन् र संसद चल्न सकेन ।प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म संसद चल्न सचेतक लक्ष्मण घिमिरेले बताए । उनीअघि कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री रामशरण महतले बोलेका थिए । संसद बैठकमा कांग्रेस सभासदहरु उभिएको उभियै भएपछि सभामुख सुवासचन्द्र नेम्वाङले ुसंसद नियमावलीअनुसार सभासदहरुले आसन ग्रहण नगर्दा संसद अवरुद्ध भएको मानिनेु भन्दै कार्यसूचिमा रहेका विषय हटाएका थिए । सभामुखले पटक(पटक अर्थमन्त्री र अन्य सभासदहरुलाई बोल्ने वातावरण बनाउन आसन ग्रहण...
- Last updated on April 1, 2011, 6:35 am
- more
- छिनभरमा समाधान मिल्छ औद्योगिक विवादःप्रधानमन्त्री
- April 1, 2011, 6:26 am, Filed under Nepali News
नेपाल होराइजन्स सम्वददाता काठमाडौ, चैत्र १८ मजदुर उद्योगीबीचको सम्झौता बीचैमा तुहिएपछि उद्योगधन्दामा फेरि समस्या सिर्जना भएको छ । औद्योगिक क्षेत्रमा सबैभन्दा ठूलो विवाद मजदुरपरिश्रमिकको रहेको छ। पारिश्रमिक वृद्धिलगायत विभिन्न माग गर्दै आन्दोलन गरिरहेका मजदुर समूहलाई वार्तामा आउन सरकारले औपचारिक आग्रह गरेको छ ।श्रम तथा यातायात मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गरी शुक्रबार १ बजे वार्तामा सहभागी हुन आह्वान गरेको हो । विभिन्न मजदुर समूहले एक सातायता वीरगन्ज र विराटनगर औद्योगिक करिडोरमा आन्दोलन गर्दै १५ सयभन्दा बढी कलकारखाना बन्द गराएका छन् । मजदुरहरूको बढ्दो मागले उद्योगी व्यवसायी आजित हुँदै आएका छन् । उद्योग खुलाउने...
- Last updated on April 1, 2011, 6:26 am
- more
- गल्फ सूर्य नेपालको कब्जामा
- April 1, 2011, 6:12 am, Filed under Nepali News
नेपाल होराइजन्स सम्वददाता काठमाडौ, चैत्र १८ गल्फ खेललाई सूर्य नेपाल प्रालिले ठूलो सहयोग गर्ने द्दोषणसँगै प्रतिबद्धता समेत जनाएको छ । नेपाली गल्फ खेललाई प्रोत्साहन र प्रबद्र्धनका लागि वाषिर्क १ करोड १२ लाख रुपैयाँको प्रायोजन सूर्य नेपालले गर्ने जनाएकोछ । नेपाली खेलकुदमा यो प्रायोजन रकम अहिलेसम्मकै सर्वाधिक हो ।नेपाल प्रोफेसनल गल्फर एसोसिएसन ९एनपीजीए० र सूर्य नेपालले तीन वर्षका लागि बिहीबार सम्झौता नवीकरण गरे । एनपीजीएका तर्फबाट अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र सूर्य नेपालका मार्केटिङ उपप्रमुख लेसराम बुद्ध सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार सूर्य नेपालले एनपीजीएले गर्ने सूर्य नेपाल गल्फ टुरका लागि एक वर्षमा १ करोड १२ लाख रुपैयाँ प्रदान गर्नेछ । यो...
- Last updated on April 1, 2011, 6:12 am
- more
- खुला चिडियाखाना योजनामा लुम्बिनी
- March 31, 2011, 9:06 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, चैत्र १८ गौतम बुद्धको जन्मस्थललाई प्राकृतिक दृष्टिले भरिपूर्ण बनाउन लुम्बिनी विकास कोषले खुला चिडियाखानाको अवधारणा अघि सारेको छ। ‘बुद्ध जन्मस्थललाई प्राकृतिक दृष्टिले विकास गर्ने सोंच अनुरुप खुला चिडियाखाना बनाउने योजना अघि सारेका हौं(लुम्विनी विकास कोषका सदस्य सचिव राजेन्द्र थापाले भने।डब्लुडब्लुएफको सहयोगमा कोषले लुम्विनीलाई खुला चिडियाखाना बनाउने योजना अघि सार्न गइरहेको हो।कोषले यो अवधारणालाई शुरु गर्न पहिलो चरणमा वन विस्तारको लागि नर्सरी व्यवस्थापन र कोषको खुला क्षेत्रलाई तारवार लगाउने कामलाई पहिलो चरणमा राखेको छ। कोषको कोषको ७ सय ७७ हेक्टर क्षेत्रफलको वरिपरीको १६ किलोमिटर क्षेत्रफलमा तारबार लगाए खुला रुपमा...
- Last updated on March 31, 2011, 9:06 pm
- more
- मन्त्री छनोटमा माओवादीभित्र विवाद
- March 31, 2011, 8:51 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, चैत्र १८ पार्टीभित्रको आन्तरिक विवादका कारण माओवादीले सरकारमा जाने मन्त्रीको छनोट अझै गर्न सकेको छैन । विवाद समाधानका लागि बसेको एकीकृत माओवादी स्थायी समितिको बैठक विना निष्कर्ष टुंगिएको छ। बिहीबार दिउसो पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा कुनै पनि विषयमा ठोस निर्णय हुन सकेन। सरकारमा सहभागी हुने थप नेताहरुको नाम अर्को बैठकले मात्र टुंगो लगाउने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए। बैठकले देशका विभिन्न स्थानका उद्योगहरुमा मजदुर र मालिकबीच विवाद हुँदा उद्योग र व्यवसाय बन्द भएकोमा त्यसको समाधानका लागि सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएको छ।बैठकले यथाशीघ्र पुरक बजेट ल्याउन सरकार समक्ष आग्रह गर्ने निर्णय...
- Last updated on March 31, 2011, 8:51 pm
- more
- खनालको सम्मान अर्थमन्त्री अधिकारीलाई
- March 31, 2011, 8:47 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, चैत्र १८ राजीनामा दिएका अर्थसचिव रामेश्वर खनालले अनुचित दबाब दिएर राजीनामा दिन बाध्य बनाएको भन्दै अलोचित अर्थमन्त्री भरतमोहन अधिकारीको बचाउ गरेका छन् । उनले बिहीबार दिउँसो आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, अर्थ मन्त्री भरतमोहन अधिकारीको नराम्रोसँग अलोचना भइरहेको छ, मेरो कारणले त्यसो होस् भन्ने चाहन्न थें ।उनले अर्थमन्त्री अधिकारीलाई सम्मान गर्ने उल्लेख गर्दै उनको सफलताको कामना समेत गरेका छन् । हो, हामीबीच बजेटका सैद्धान्तिक विषयहरुमा मतभेद थियो उनले लेखेका छन्, तर, बजेटले अन्तिम रुप नलिएसम्म यो सधैँ हुने कुरा हो । खनाले मिडियामा आए जस्तो नक्कली भ्याट बिललगायतका विषयमा दबाब खेप्नु परेको बिषयमा बोलेका छैनन् ।
- Last updated on March 31, 2011, 8:47 pm
- more
- प्रधानमन्त्रीसँग चिनिया दूतको विदाई भेट
- March 31, 2011, 8:46 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, चैत्र १८ नेपालका लागि चिनियाँ राजदूत क्यु ग्योहोङ्ले बिहीबार प्रधानमन्त्री झलनाथ खनालसँग विदाई भेट गरेका छन्। राजदूत ग्योहोङ चैत २५ गते स्वदेश फर्कदैछन्। गत साता चिनियाँ सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। नेपाल(चीनबीचको सम्बन्ध प्रगाढ बनाउन आफ्नो कार्यकालमा राजदूत ग्योहोङले खेलेको भुमिकाको प्रधानमन्त्री खनालले भेटमा प्रशंषा गरेका थिए। उनको कार्यकालमा आर्थिक सहयोगदेखि अन्य सम्बन्ध विस्तार भएको स्मरण प्रधानमन्त्रीले गराएका थिए। प्रधानमन्त्रीले राजदूतलाई नयाँ भूमिकाको लागि शुभकामना समेत दिएका थिए। जवाफमा राजदूतले आफु चिनियाँ सरकारको विशेष जिम्मेवारी वहन गर्न फर्कन लागेको जनाउँदै उनले आगामी दिनमा पनि...
- Last updated on March 31, 2011, 8:46 pm
- more
|
OPINION EXPRESSION
-
Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
-
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More
|