|
|
गृह थाती राखेर मन्त्रीमण्डल बिस्तार गरिने
February 28, 2011, 9:52 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौं, फाल्गुन १७ गृह मन्त्रालय आफैंसँग राखेर छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने सोच प्रधानमन्त्री प्रधानमन्त्री झलनाथ खनालले बनाएको निकट स्रोतहरूले जनाएका छन् । गृह प्रधानमन्त्रीसँगै रहने सर्तमा सरकारमा सामेल हुन माओवादी सकारात्मक भएपछि खनाल मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारीमा जुटेकाे स्रोतको दाबी छ । प्रधानमन्त्रीले शान्ति प्रक्रियाका काम अगाडि बढेपछि नयाँ परिस्थितिमा मन्त्रालय बाँडफाँडबारे पुनर्विचार गर्ने प्रस्ताव अघि सारेपछि माओवादी त्यही विश्वासमा सरकारमा सामेल हुने मनस्थितिमा पुगेको हो । स्रोतका अनुसार मंगलबार नै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना बढी छ ।प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार बिहान पनि मन्त्रिपरिषद्लाई यथाशीघ्र पूर्णता दिनेबारे छलफल भएको थियो । ुगृह मन्त्रालय प्रधानमन्त्रीसँग राखेर माओवादीलाई विश्वासमा लिने गरी मन्त्रिपरिषद् विस्तार हुन्छ,ु प्रधानमन्त्रीनिकट नेताले बताए ।माओवादी अध्यक्ष दाहालले पनि दह्रो निर्णय गरी सरकारलाई मंगलबारसम्म पूर्णता दिने बताए । ुआजभोलि नै दह्रो निर्णय गरी सरकारलाई पूर्णता दिनेछौं,ु उनले सोमबार राजधानीमा आयोजित कार्यक्रममा भने, ुसरकारलाई पूर्णता दिई दलाल र प्रतिक्रियावादीको गालामा अर्को झापड हान्छौं ।ुमंगलबार बस्ने माओवादी स्थायी समिति बैठकले सरकारमा जाने निर्णय गर्ने सम्भावना रहेको एक सदस्यले जानकारी दिए ।
|
OPINION EXPRESSION
-
Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
-
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More
|