बार्सिलोना क्वाटरफाइनलमा /भारत पनि क्वाटरफाइनलनजिक
March 9, 2011, 10:04 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फागुन २६
बार्सिलोनाले मंगलबार राति दस खेलाडीमा सीमित आर्सनललाई ३(१ ले हरायो र युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल यात्रा तय गर्‍यो । समग्रमा स्पेनी क्लब ४(३ ले अगाडि रह्यो । अर्कोतर्फ साख्तर डोनेस्क पनि पहिलोपल्ट च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको छ । बार्सिलोनाका लागि अर्जेन्टिनी विश्व वर्ष खेलाडी मेसीले अर्को उत्कृष्ट प्रदर्शन गरे । बार्सिलोनाको आक्रामक फुटबल अगाडि आर्सनलको डिफेन्स फिक्का देखिएको थियो । पहिलो लेग २(१ ले गुमाएको बार्सिलोनालाई घरमा १(० को जित पर्याप्त रहने थियो ।
यता भारत पनि विश्वकप क्रिकेटमा बुधबार नेदरल्यान्ड्सलाई ५ विकेटले हराउँदै क्वाटरफाइनलनजिक पुगेको छ । भारतले १ सय ९० रनको विजयी लक्ष्य ३६ ओभर तीन बलमा पूरा गर्‍यो । युवराजले नटआउट ५१ रन जोडे । उनले चौका प्रहार गर्दै टिमको विजयी लक्ष्य पार गरे । कप्तान महेन्द्र सिंह धोनीले नटआउट १९ रन जोडे । युवराजले ७३ बलमा सात चौका हाने । भारतका लागि वीरेन्द्र सहवाग र सचिन तेन्दुलकरले उत्कृष्ट सुरुआत गरे । दुवैले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरे । सहवागले आक्रामक ब्याटिङ गर्दै २६ बलमा ३९ रन जोडे । उनले पाँच चौका र दुई छक्का प्रहार गरे । तेन्दुलकरले २२ बलमा छ चौका मदतले २७ रन बटुले । उनी विश्वकप क्रिकेटमा २ हजार रन पूरा गर्ने पहिलो खेलाडीसमेत बने ।
गौतम गम्भीरले २८ तथा विराट कोहलीले १२ रन योगदान गरे । भारतले ९९ रनको स्थितिमा चार विकेट गुमाएको थियो । जितसँगै भारतले चार खेलबाट सात अंक जोडेको छ । शीर्षस्थानमा रहेको भारतको क्वाटरफाइनल यात्रा लगभग निश्चित भएको छ ।

   Bookmark
+ Comments ( 2 )
pymncormloomy   (August 24, 2012, 7:21 pm)
http://www.buysildenafiledfast.com/ - viagra viagra cheap http://www.buysildenafiledfast.com/ - viagra cheap
zxughc   (November 24, 2012, 1:59 am)
GPtqY0 xpygarxpwycp, [url=http://ngkldysmxnsz.com/]ngkldysmxnsz[/url], [link=http://bchudtrqpcje.com/]bchudtrqpcje[/link], http://qlgiouwbcmhf.com/

*Full Name
  
*Email Address
  [We respect your privacy]  
*Leave Comment
  

 

Enter character above
  
 I accept term of use  

Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More