जेलभित्रै गोली प्रहार
March 10, 2011, 4:59 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ, फाल्गुन २६
९० प्रहरीको सुरक्षा घेरामा रहेको केन्द्रीय कारागारमा २ वटा चेकिङ प्वाईन्ट पार गरेर युनुस अन्सारी माथि गोली प्रहार भएको छ । जसबाट प्रहरीको सुरक्ष् व्यवस्थाको खिल्ली उठाइदिएको छ ।डिएसपी पुष्कर केसीको कमान्डमा एक सय बढी प्रहरी केन्द्रीय कारागारमा खटिएका छन्। प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तले सुरक्षाको दुबै पोष्ट पार गरेको थियो। कारागार प्रहरीले आगन्तुकको साथमा रहेको सामान्य सामाग्री समेत साथमा लैजान दिदैन। त्यस्तो स्थानमा एक भारतीय नागरिकले सहजै आधुनिक पेस्तोलसहित भेटघाट कक्षमा पुगेर गोली हाने।कारागारका कैदीलाई भेट्न जान आगन्तुकलाई प्रारम्भमा प्रहरीले कहाँ जाने रु कसलाई भेट्ने जस्ता जानकारी लिएपछि कारागारको दायाँ स्थानमा रहेको चेकिङ प्वाईन्टमा पुग्नुपर्छ। महिला र पुरुष आगन्तुकको शरीर खानतलासी लिने, उनीहरुको साथमा रहेका मोबाइल लगायतका सामाग्री सोही स्थानमा राखेपछिमात्र आगन्तुकलाई बन्दी भेट्न पाउने व्यवस्था छ।कडा सुरक्षा व्यवस्था भएको स्थानमा कसरी हतियारधारी व्यक्ति पुगेर गोली हान्न भ्याएरु प्रहरी आफैं अचम्भित छ।

   Bookmark
+ Comments ( 0 )

*Full Name
  
*Email Address
  [We respect your privacy]  
*Leave Comment
  

 

Enter character above
  
 I accept term of use  

Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More